बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती « Khabarhub

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार नेपाली राजदूतावास, बैंककले थाइल्याण्डमा क्रियाशील रहेका विभिन्न नेपाली सामाजिक संघ–संस्थाहरूको संयुक्त सहकार्यमा दोस्रो भानु जयन्ती कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बालबालिकाहरूको कविता प्रतियोगिता तथा अन्य स्रष्टाहरूको कविता तथा रामायण वाचनहरू समावेश गरिएको थियो। कार्यक्रममा थाइल्यान्डका नेपाली समुदायका प्रतिनिधिहरू, सङ्घसंस्थाका पदाधिकारीहरू, अभिभावक, साहित्यकार तथा बालबालिकाहरू लगायत १५० जना भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन नेपाली राजदूतावास, बैंककका महामहिम राजदूतले दीप प्रज्वलन तथा भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी गरेका थिए।  

प्रतियोगितात्मक कविता वाचनमा बालबालिकाहरूले भाग लिएका थिए । प्रतिस्पर्धामा भाग लिएका बालबालिकाहरूलाई नगद पुरस्कार तथा भानुभक्तको रामायण र वाल साहित्यका पुस्तकहरू पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले नेपाली भाषा, भानुभक्त, निजको नेपाली भाषामा योगदान र यसको अहिलेसम्मको सान्दर्भिकताको चर्चा गरेका थिए ।

२१२ औँ भानु जयन्तीको अवसरमा आयोजित दोस्रो भानु जयन्ती कार्यक्रमले नयाँ पुस्तामा नेपाल, नेपाली भाषा, संस्कृति तथा नेपाली साहित्यको चेतना जगाउन, मातृभाषाको सम्मान बढाउन, र थाई नेपाली समुदायमा भातृत्व अभिवृद्धि गर्न समेत योगदान दिएको छ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : ४९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको