पाँच शेयर लगानीकर्ताको सङ्गठन दुई आईजीन नम्बरको पक्षमा  | Khabarhub Khabarhub

पाँच शेयर लगानीकर्ताको सङ्गठन दुई आईजीन नम्बरको पक्षमा 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचवटा शेयर लगानीकर्ता सङ्गठनले दुईवटा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) लागू गर्न माग गरेका छन् । संस्थापक शेयरलाई छुट्टै र साधारण शेयरलाई छुट्टै आईजीन नम्बर दिनुपर्ने पक्षमा लगानीकर्ता उभिएका हुन् ।

नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठ, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दीपक कार्कीले संयुक्त  प्रेस विज्ञप्ति जारी गर्दै दुईवटा आईजीन नम्बरको पक्षमा उभिएका हुन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै लगानीकर्ता सङ्गठनहरूले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले तयार पारेको आईजीन नम्बर सम्बन्धी निर्देशिकाको मस्यौदालाई तत्काल स्वीकृति दिन नेपाल धितोपत्र बोर्डलाई समेत आग्रह गरेका छन् ।

केही कम्पनीका संस्थापक लगानीकर्ताहरूले कर्मचारीहरूसँगको मिलेमतोमा एउटै आईजीन नम्बरको दुरुपयोग गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत नगरी दोस्रो बजारमा महँगो मूल्यमा बिक्री गरेको पाइएको भन्दै उनीहरूले यसबारे तत्काल छानबिन गर्न समेत माग गरेका छन् ।

लगानीकर्ता सङ्गठनहरूले यो दूरदर्शी कदमले नेपाली पुँजीबजारलाई थप पारदर्शी, स्थिर र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेका छन् ।

‘दुईवटा आईजीन नम्बर प्रयोग गर्नु स्वागतयोग्य कदम हो र निश्चित अवधिपछि नियमअनुसार ती दुईवटा आईजीन नम्बर समायोजन गर्ने नीतिगत व्यवस्था हुन लागेकोमा हामी स्वागत गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा संस्थापक लगानीकर्ताहरूले कम्पनीको सुशासन, प्रतिफल र व्यवसाय सञ्चालनमा भन्दा पनि तीन वर्षमै शेयर बिक्री गरेर बाहिरिने प्रवृत्ति अन्त्य गर्न पनि जोडदार माग गरिएको छ ।

यस्तो प्रवृत्तिले वित्तीय संस्थाहरूको जोखिम बढ्ने र आम लगानीकर्ताहरू गलत कम्पनीमा फस्ने अवस्था आउने भन्दै उनीहरूले कम्पनीको सुशासन, जोखिम बहन गर्ने क्षमता, पारदर्शिता, व्यवस्थापन र व्यावसायिक योजनाको अध्ययन गरेर मात्र आईपीओ र राइट शेयर स्वीकृत गर्नुपर्ने व्यवस्था लागू गर्न माग गरेका छन् ।

साथै, अन्य वित्तीय संस्थामा जस्तै सबै खालका कम्पनीमा निश्चित प्रतिशत संस्थागत लगानीकर्ताको व्यवस्था गर्नुपर्नेमा लगानीकर्ताको माग छ ।

यो पनि…
शेयरमा आईजीन नम्बरको किचलो : कानुनी छिद्रबाट सर्वसाधारण लुट्ने मास्टरप्लान !

आइजीन नम्बरको व्यवस्था भएको निर्देशिका धितोपत्र बोर्डमै अध्ययन हुँदै

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : ५८ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता