जवाफदेही निकाय जिम्मेवार नभए गालीमात्रै गर्नेको वाहवाही : प्रधानमन्त्री ओली « Khabarhub

जवाफदेही निकाय जिम्मेवार नभए गालीमात्रै गर्नेको वाहवाही : प्रधानमन्त्री ओली


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफदेही निकाय सधैँ जिम्मेवार हुनुपर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले जवाफदेही निकायले जिम्मेवारी बहन नगर्दा काम गर्नेले पनि गाली खाने स्थिति आउने उल्लेख गरेका छन् । 

उनले जवाफदेही निकायले जिम्मेवारी बहन नगर्दा गालीमात्रै गर्नेले वाहवाही कमाउने स्थिति आउने बताएका छन् । 

हरेक सरकारी निकाय आफ्नो परिभाषित काममा आफैँ जवाफदेही हुनु पर्नेमा उनको जोड छ । उनले भनेका छन्,– ‘नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन ।’

अहिले किसानले मल पाएनौँ भनिरहेकाले त्यसको परिभाषित जिम्मेवारी लिएका निकायले तत्काल समस्या सम्बोधन गर्नुपर्ने उनको धारणा छ ।

‘यो गुनासो तत्काल समाधान गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु, सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भइरहोस्, समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो’, उनले लेखेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ५६ बजे

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न