प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई यही साउन २३ गते स्वदेश फर्किएका हुन् ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूले सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : १६ बजे

राप्रपा युवा संगठनको अधिवेशन स्थगित

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन

पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

पर्सा– पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएको

करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– सप्तरीको तिरहुत गाउँपालिका–१ मा करेन्ट लागेर आज एक व्यक्तिको

राप्रपाको विवाद युवाको अधिवेशनसम्मै पुग्यो, मञ्चमै प्रहरी तैनाथ

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप

ओम्नीले ६ वर्षदेखि झण्डै दुई करोड हवाई भाडा तिरेन निगमलाई

काठमाडौं– ओबीबीसीआई (ओम्नी) ग्रुपले लामो समयदेखि नेपाल वायुसेवा निगमलाई करोडौँ