विलासिता कर हटाउने मागसहित सुनचाँदी व्यवसायीको टोली प्रधानमन्त्रीसँग  « Khabarhub

विलासिता कर हटाउने मागसहित सुनचाँदी व्यवसायीको टोली प्रधानमन्त्रीसँग 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षबाट लागु भएको सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याटको विषयमा सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 
 
व्यवसायीमैत्री नीति तथा निर्देशिका निर्माण लगायतका विषयहरूको दीर्घकालीन समाधानको माग गर्दै सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् । 

प्रधानमन्त्रीसँग नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारज्यूको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भेट गरेको हो । 

भेटका क्रममा प्रधानमन्त्रीज्यूले उठाइएका समस्याहरू सम्बन्धित मन्त्रालयमार्फत गम्भीर रूपमा अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको महासंघले जानकारी दिएको छ । 

भोटमा महासंघका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठ, सल्लाहकार ज्योत्सना श्रेष्ठ, महासचिव निरबहादुर विश्वकर्मा, कार्यसमिति सदस्य प्रसुन जलान, कार्यालय प्रमुख राम महर्जन साथै नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिका संयोजक विपिन रामुदामु सहभागि थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : २८ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा