केचना–कञ्चनजङ्घा सडक अवरुद्ध | Khabarhub Khabarhub

केचना–कञ्चनजङ्घा सडक अवरुद्ध


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इलाम– केचना–कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने सडक पनि अवरुद्ध भएको छ । सो सडक अवरुद्ध भएपछि लामो दूरीको मेची राजमार्गबाट नै सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरू बाध्य भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीयको सक्रियतामा पहिरो पन्छाउने क्रम जारी छ ।

कालीगण्डकी करिडोर अवरुद्ध
यसैबीच, कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चट्टानसहितको भीषण पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध भएको छ ।

करिडोर अवरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम चल्ने सबै सवारीसधान चल्न सकेका छैनन् भने सोही बाटो हुँदै उत्तर मुस्ताङसम्म चल्ने सवारी साधन बाटोमा रोकिएका प्रहरीले जनाएको छ । भैरहवाबाट सामान बोकेर आएका मालबहाक ट्रक पनि कालाखोलामा रोकिएका छन् ।

निरन्तर पहिरो झरिरहेकाले सडक खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख गङ्गाराम विकले जानकारी दिए । 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ५९ बजे

रविपत्नी निकिताको आरोप- गृहमन्त्रीको निर्देशनमा अदालतको आदेश रोकियो, अन्तर्राष्ट्रिय अदालत जान्छु

काठमाडौं– सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र

संसद्‍बाट प्रधानमन्त्रीले भने- ०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक

घर डुबान हुँदा वादी समुदायको बिचल्लीमा

लम्की– वर्षासँगै कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएको

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका

विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ जेला बस्ने २७