चौध वर्षमा पनि बनेन कमलामा पुल | Khabarhub Khabarhub

चौध वर्षमा पनि बनेन कमलामा पुल


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिरहा– कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ ।

सिरहा नगरपालिका– ५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन् । हरेक वर्षासँगै डराइडराइ नदी पार गर्नुपर्ने उनको दैनिकी छ । ‘पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन‘, उनले भने ।

सामान्यतया वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो । तर बर्खासँगै आएको बाढीले काठको पुल बगाएपछि अब डुङ्गामात्रै एक विकल्प बनेको छ । नदी पार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रीलाई डुङ्गा प्रयोगको प्रतिमोटरसाइकल १०० र प्रतिव्यक्ति ५० तिर्नुपर्ने बाध्यता छ ।

कमलामा स्थायी पुल अभावको प्रत्यक्ष असर स्वास्थ्य सेवामा पुगेको छ । सिरहा अस्पतालबाट जनकपुर ‘रेफर’ गरिएका बिरामीलाई घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ ।

प्रादेशिक अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा. सुनिलप्रसाद कुशवाहाका अनुसार पारिपट्टि नदी सिमानाका धनुषावासी बिरामीका लागि नजिक भए पनि उनीहरू जनकपुरसम्म जानुपर्ने बाध्यता छ । नदीवारि कोही गम्भीर प्रकृतिका बिरामीका लागि लामो र घुमाउरो बाटोबाट ढिला गरी लैजाँदा बाटैमा मृत्यु हुनसक्ने सम्भावना छ ।’

सिरहा नगरपालिका– ६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पुल नहुँदा पैदलयात्रीले बाँसको फड्के वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था छ । (रासस)

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : १८ बजे

संसद्‍बाट प्रधानमन्त्रीले भने- ०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक

घर डुबान हुँदा वादी समुदायको बिचल्लीमा

लम्की– वर्षासँगै कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएको

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका

विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ जेला बस्ने २७

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

कञ्चनपुर– पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक