डा. रामेश कोइरालाले अमेरिकाबाटै त्यागे गंगालाल हृदय रोग केन्द्रको विभागीय प्रमुख पद | Khabarhub Khabarhub

डा. रामेश कोइरालाले अमेरिकाबाटै त्यागे गंगालाल हृदय रोग केन्द्रको विभागीय प्रमुख पद


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा २५ वर्षदेखि कार्यरत वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन तथा कार्डियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाले असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएका छन्।

हाल अमेरिकामा रहेका डा. कोइरालाले केन्द्रका कार्यकारी निर्देशकलाई पठाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसक्ने उल्लेख गरेका छन्।

उनले विदेशमा रहेका कारण मिति १६ अक्टोबर २०२५ (असोज ३०) अघि नेपाल फर्कन नसक्ने भएकाले उक्त मितिबाट राजीनामा लागू हुने गरी स्वीकृत गर्न आग्रह गरेका छन्।

पत्रमा डा. कोइरालाले आफ्नो कार्यकक्षमा व्यक्तिगत सामानबाहेक कुनै जरुरी वा गोप्य कागजात नरहेको उल्लेख गर्दै हस्तान्तरणसम्म पर्खन अनुरोध गरेका छन्।

२५ वर्षको सेवाकाल सम्झँदै उनले केन्द्रको प्रगति र भावी योजनाप्रति विश्वास व्यक्त गरेका छन्।

‘संघीय सरकारले यस केन्द्रलाई ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा बिस्तार गर्ने सपना पुरा हुनेछ भन्नेमा म ढुक्क छु,’ पत्रमा उनले उल्लेख गरेका छन्।

डा. कोइरालाले आगामी दिनमा पनि केन्द्रका लागि सल्लाह–सुझावका हिसाबले उपलब्ध हुने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : ३८ बजे

कैलालीस्थित कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिले कैलालीस्थित कारागार कार्यालय

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

ढोरपाटन – जिल्लामा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप

धरानका संस्थापक ‘सुब्बा रत्नप्रसाद’ का नाति विक्रमप्रसाद बने बीपी प्रतिष्ठानका उपकुलपति

सुनसरी– अन्ततः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको

ओलीको टिप्पणी : रास्वपाका पछि लागेको भीड देखेर दया लाग्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पछि