ब्रम्हाण्डमा पत्ता लाग्यो अतिविशाल ब्ल्याक होल, खगोल विज्ञानमा हलचल « Khabarhub

ब्रम्हाण्डमा पत्ता लाग्यो अतिविशाल ब्ल्याक होल, खगोल विज्ञानमा हलचल


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा ठूलोमध्ये एउटा अतिविशाल ब्ल्याक होल फेला पारेका छन् । यसले खगोल विज्ञानमा हलचल मच्चाएको छ । यो ब्ल्याक होल हाम्रो आकाशगंगा तारापुञ्जबाट करिब ५ अर्ब प्रकाश वर्ष टाढा रहेको छ । यसको पिण्ड सूर्यभन्दा ३६ अर्ब गुणा बढी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

यो विशाल ब्ल्याक होल ‘कोस्मिक हर्सशु’ नामक ग्यालेक्सीमा अवस्थित छ । यो ग्यालेक्सी अतिविशाल गुरुत्वाकर्षणको लागि परिचित छ । यसले प्रकाशलाई नै झुकाउन सक्छ । यो प्रक्रियालाई ‘ग्रेभिटेशनल लेन्सिङ’ भनिन्छ ।

वैज्ञानिकहरूले यो प्रविधिको सहायताले ब्ल्याक होलको तौल नापेका छन् । बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका थोमस कोलेट र उनको टोलीले पहिलो पटक ब्ल्याक होलको वरिपरि ताराहरू परिक्रमा गरिरहेको गतिलाई नोट गरेका थिए । यो गति द्रव्यमान अर्थात् ब्ल्याक होलको तौल र क्षमतामा निर्भर गर्दछ ।

त्यसपछि उनीहरुले यसको गुरुत्वाकर्षणमा प्रकाश कति हदसम्म झुकिरहेको छ भन्ने तथ्यांक पत्ता लगाए । त्यसपछि दुबै डाटालाई मिलाएर उनले यो ब्ल्याक होलको सही मापन गरेका हुन् । अनुसन्धानकर्ता कोलेट भन्छिन्, ‘यो सम्भवतः ब्रह्माण्डको सबैभन्दा ठूलो ब्ल्याक होल हो । एकल बिन्दु, जसले सम्पूर्ण सानो आकाश गंगाको वजन समात्न सक्छ ।’

यसअघि आफूले बनाएका मोडलहरू ब्ल्याक होलको तौल असाधारण रूपमा नबढ्दासम्म काम नगर्ने उनले बताए । यसले ब्ल्याक होल किन यति ठूलो भयो भनेर बुझ्न पनि मद्दत गर्छ ।

तर, सबैभन्दा अचम्मको कुरा के छ भने अहिले यो ब्ल्याक होल निष्क्रिय रहेको छ । कोलेट भन्छिन्, ‘यदि यो यति ठूलो हुन सक्छ भने यसको मतलब यो ब्रह्माण्डको सुरुवातदेखि नै पदार्थलाई निल्दै आएको छ तर अहिले पूरै शान्त भएको छ । प्रश्न यो छ, के भयो र यो ब्लाक होल अचानक रोकियो ?’

यो खोजले ब्ल्याक होलको आकार र विकास सम्बन्धी पुरानो वैज्ञानिक सिद्धान्तलाई मात्र चुनौती दिएको छैन, ब्रह्माण्डमा अझै पनि यस्ता धेरै रहस्यहरू छन्, जुन हाम्रो समझभन्दा बाहिर छन् भन्ने पनि देखाएको छ । ‘ब्ल्याक होल’ को यो पछिल्लो खोजले भविष्यमा अन्तरिक्ष विज्ञानको दिशालाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ किनभने यदी यो ‘ब्ल्याक होल’ यति ठूलो हुन सक्छ भने ब्रह्माण्डमा अरू के लुकेको छ भनेर कल्पना गर्न गाह्रो छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : २६ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्