रवि र सुमनालक्षित प्रधानमन्त्रीको कटाक्ष- भिजिट भिसामा गएपछि उतैको नागरिकता लिएर, उतै बिहे गरेर फर्किएपछि मन्त्री भएकाहरूले प्रश्न गर्ने « Khabarhub

रवि र सुमनालक्षित प्रधानमन्त्रीको कटाक्ष- भिजिट भिसामा गएपछि उतैको नागरिकता लिएर, उतै बिहे गरेर फर्किएपछि मन्त्री भएकाहरूले प्रश्न गर्ने


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षमा रहेका दलहरूले अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षमा रहेका दलहरूलाई स्थिरता अप्रिय लागेको र अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका हुन् ।

अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौँ र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔँ भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा वर्तमान सरकार गठन भएको स्पष्ट पारे ।

लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने शक्ति संसदमा रहेको भन्दै उनले वर्तमान प्रणाली ज्यान सरह प्रिय रहेको बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि के गर्‍यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे ।

देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको उनले बताए । 

प्रधानमन्त्री ओलीले सहकारी प्रकरणमा दर्जनौँ व्यक्तिहरूलाई अदालतले थुनामा पठाएको उल्लेख गर्दै कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको बताए  ।

भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैँ माग्ने उनले बताए । प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने जिकिर गर्नुभयो ।

भिजिट भिसामा विदेश गएपछि उतैको नागरिकता लिएर, नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर दुई दुई पटक बिहे गरिसकेका व्यक्तिहरूले समेत विदेश जाने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको उनले बताए ।

यसका पछाडि मुलुक र नागरिकको हित नभई इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको प्रधानमन्त्री ओलीले तर्क गरे ।

त्यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि मुलुकको विकास र समृद्धि लगायतका क्षेत्रका भएका कामकारबाहीका बारेमा जानकारी गराए ।

वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न अघि बढेको उनको भनाइ छ । उनले बहुबिवाहलाई मान्यता दिने गरि कानून ल्याउन लागको भन्ने हल्ला सही नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले बहुबिवाहलाई कुनै पनि हालतमा मान्यता नदिने बताए । उनले एकताबद्ध भएर देशको बिकासमा लाग्न आह्वान समेत गरे । 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : ०२ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला