रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र « Khabarhub

रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट दिएको राजीनामा पत्र सभामुख देवराज घिमिरेलाई बुझाएका छन् ।

संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो ।

त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब बढेपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका थिए । त्यही घोषणाअनुसार उनले बुधबार राजीनामा पत्र सभामुख घिमिरेलाई बुझाएका हुन् ।

कांग्रेसले खतिवडालाई यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो। खतिवडा अध्यक्ष रहेको संसदीय समितिबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संवैधानिक व्यवस्था निष्क्रिय हुने गरी संशोधन पारित गरिएको थियो।

त्यसपछि विधेयक संसद्मा पुग्दै गर्दा विवादले उग्र रुप लियो । सुशासनका नाममा बनाइएका नियमहरू उल्ट्याउने काममा खतिवडा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पनि संसदीय समितिले दिएको थियो।

जीवन परियार नेतृत्वको छानबिन समितिले खतिवडाको भूमिकामा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पेश गरेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो ।

खतिवडा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा २०८० भदौ ११ गते निर्विरोध निर्वाचित भएका थिए । त्यसबेला समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले उनी सभापति भएको घोषणा गरेका थिए ।

सभापतिमा निर्वाचित भएपछि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने जानकारी दिएका थिए । तर उनी आफैं विवादमा परेर पद त्याग्न बाध्य भएका हुन् ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
skype sharing button
sharethis sharing button

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट राजीनामा दिएका छन् ।

संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो । त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब बढेपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

कांग्रेसले खतिवडालाई यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो। खतिवडा अध्यक्ष रहेको संसदीय समितिबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संवैधानिक व्यवस्था निष्क्रिय हुने गरी संशोधन पारित गरिएको थियो।

त्यसपछि विधेयक संसद्मा पुग्दै गर्दा विवादले उग्र रुप लियो । सुशासनका नाममा बनाइएका नियमहरू उल्ट्याउने काममा खतिवडा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पनि संसदीय समितिले दिएको थियो।

जीवन परियार नेतृत्वको छानबिन समितिले खतिवडाको भूमिकामा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पेश गरेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो ।

खतिवडा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा २०८० भदौ ११ गते निर्विरोध निर्वाचित भएका थिए । त्यसबेला समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले उनी सभापति भएको घोषणा गरेका थिए ।

सभापतिमा निर्वाचित भएपछि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने जानकारी दिएका थिए । तर उनी आफैं विवादमा परेर पद त्याग्न बाध्य भएका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : ४६ बजे

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष