चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश | Khabarhub Khabarhub

चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित १९ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रे मिलनसहित १९ जनालाई जनही ३० हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश बुधबार दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त अपरेशनमा राजधानीका ठमेल र महाराजगञ्जबाट आपराधिक गतिविधिमा संलग्न ४७ जनामध्ये १९ जनालाई  अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो ।

गत साउन १६ गते मिलन गुरुङ उर्फ चक्रे मिलन र जितबहादुर लामासहितलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

चक्रे मिलनको जन्मदिन मनाउने क्रममा महाराजगञ्जस्थित होटल साम्बालामा आयोजित जन्मदिन समारोहमा हो-हल्ला र तामझाम गरेको थाहा पाएपछि प्रहरीको छापा मारेर उनीहरूलाई समातेको थियो ।

चक्रे मिलनले होटल साम्बाला जाँदा पनि सडकमा तामझाम देखाएका थिए । सडकमा सवारी साधन नै अवरुद्ध हुने गरि उनले गरेको तामझामपछि प्रहरी सतर्क भएको थियो। चक्रे मिलनको टोलीले दर्जनौँ गाडी एकसाथ सडकमा निकालेर जन्मदिनको र्‍याली नै निकालेका थिए।

कयौँ वर्षदेखि आपराधिक गतिविधिमा संलग्न चक्रे मिलनलाई प्रहरीले विशेष निगरानीमा राख्दै आएको थियो। उनीसँग शत्रुतापूर्ण सम्बन्ध रहेका दीपक मनाङे अहिले जेलमा छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी नेतृत्वको यो कारबाहीमा चक्रे मिलनसहित उनका सहयोगीहरू समातिएका थिए । प्रहरीले ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइ पनि पक्राउ गरेको थियो। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगीमध्ये एक थिए ।

उनीहरूले पछिल्लो समय ठमेल र महाराजगञ्जका रेष्टुरेन्ट र नाइट क्लबमा बसेर धम्की दिन थालेका थिए । त्यसैगरि हप्ता असुली, झगडा र गुण्डागर्दीसहितका आपराधिक क्रियाकलापमा उनीहरूको संलग्नता देखिन थालेको प्रहरीले जनाएको थियो ।

चक्रे मिलन पटक–पटक यसअघि कयौँ पटक समातिएका व्यक्ति हुन् । तर उनले कानुनी राहत पाउँदै रिहा हुन्थे । यस पटक पनि उनलाई अदालतले राहत दिँदै छाडिदिएको हो ।

उनी साउन १६ अघि २०७४ सालमा महाराजगञ्जबाट पक्राउ परेका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनलाई नेकपा एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ५ : ५६ बजे

चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस

एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलले आफू नेतृत्वको सरकार बनेपछिको १४

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा

ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्षको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग