चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस « Khabarhub

चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण देखिएको छ । जुलाइमा एक र अगष्टमा दुई जनामा यो रोगको सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन् २०२५ यता बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । जसमध्ये एकजना सिन्धुली र तीनजना चितवनका छन् । यो रोगको सङ्क्रमण फेब्रुअरीदेखि देखिने भए पनि हाल सङ्क्रमणको जोखिमको समय सुरु भएको उनले बताए।
 
सन् २०२४ मा बागमती प्रदेशका सात जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । जसमा चितवनका तीन, सिन्धुलीका दुई  र काठमाडौँका दुई जना थिए  । अहिले यो रोगको सङ्क्रमण देखिने समय भएकाले सबैलाई सजग रहन उनले आग्रह गरेका छन् । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टेले सङ्गुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । मानिसबाट मानिसमा यो रोग नसर्ने उनले बताउनुभयो ।

यस रोगको सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, शरीर काम्ने, घाँटी अररो हुने, बेहोस हुने लक्षण देखा पर्छ ।  यो रोग लागेपछि पक्षघात हुने, अपाङ्गता हुने र अन्त्यमा मृत्युसमेत हुन सक्दछ । यो रोग लागेको कुनै लक्षण देखिनासाथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार सुरू गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।

 जापानिज इन्सेफ्लाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घरवरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्ने, बालबालिकालाई यो रोगविरुद्धको खोप लगाउने, सुङ्गुर, बङ्गुर, हाँस जस्ता घरपालुवा पशुपक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने गर्नुपर्छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ८ : ०४ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु