अग्लुङ्ग रघुवामा ‘रोयल मदाने स्पोर्टस क्लब’ स्थापना « Khabarhub

अग्लुङ्ग रघुवामा ‘रोयल मदाने स्पोर्टस क्लब’ स्थापना


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङ्ग रघुवामा ‘रोयल मदाने स्पोर्टस क्लब’को स्थापना गरिएको छ। सामुदायिक विकास, खेलकुद प्रवर्द्धन र सांस्कृतिक संरक्षणको उद्देश्यसहित क्लबको स्थापना गरिएको हो । क्लबको अध्यक्ष बाबुराम विश्वकर्मालाई तोकिएको छ ।

क्लबले खेलकुदमै मात्र सीमित नभइ सामाजिक सेवा, आपतकालीन सहयोग, स्थानीय परम्परा र संस्कृतिको संरक्षणमा समेत सक्रिय हुने योजना बनाएको छ। गाउँमा युवाको संलग्नता घट्दै गएको वर्तमान अवस्थालाई ध्यानमा राखी सम्पूर्ण युवालाई एकै मञ्चमा ल्याउने क्लबको योजना छ ।

उक्त क्लबले गाउँमा लुकेर रहेका प्रतिभाशाली युवालाई पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरका प्रतियोगितामा पुर्‍याउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। “हाम्रो गाउँमा खेलकुद र संस्कृतिमा निकै सम्भावना छ, तर प्लेटफर्मको कमी छ। यो क्लब त्यस खालको अवसर सिर्जना गर्नेछ,” अध्यक्ष विश्वकर्माले भने। स्थानीय क्षेत्रमा बाढी, पहिरो वा अन्य प्राकृतिक विपत्ति, स्वास्थ्य संकटजस्ता अवस्थाहरूमा तत्काल उद्धारमा क्लब जुट्ने विश्वकर्माले जानकारी दिए ।

साथै आगामी दशैं पर्वलाई लक्षित गर्दै क्लबले विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ। यसमा भलिबलसँगै, स्थानीय गीत–संगीत, नृत्य र परम्परागत प्रस्तुति समेत समावेश हुने बताइएको छ। आयोजकले यसलाई गाउँको सामाजिक एकता र रौनकको उत्सवका रूपमा लिने तयारी गरेको छ ।

स्थानीय बासिन्दाले पनि क्लबको स्थापना प्रति खुशी व्यक्त गर्दै यसले गाउँको विकासमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरेका छन्। अब ‘रोयल मदाने स्पोर्टस क्लब’ केवल खेलकुदको मंच मात्र नभई सामाजिक चेतना र सामुदायिक उत्थानको महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ५५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय