प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू « Khabarhub

प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइन कहिल्यै स्वतन्त्र राष्ट्र बन्न नसक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघमा शुक्रबार बेग्लै स्वतन्त्र राष्ट्र प्यालेस्टाइन स्थापनालाई लिएर भएको मतदानमा नराम्ररी पराजित भएपछि पनि नेतन्याहूले यस्तो धम्की दिएका हुन् ।

प्यालेस्टाइन स्वतन्त्र मुलुक हुनुपर्ने पक्षमा शुक्रबार भएको मतदानमा १९३ मध्ये १४२ देशले समर्थन जनाएका थिए । उक्त प्रस्तावको विरोधमा अर्थात् इजरायलको पक्षमा जम्मा १२ मतमात्र परेको थियो ।

न्यूयोर्क घोषणापत्र पनि भनिने उक्त प्रस्तावमा चीन, रूस, साउदी अरब, कतार, युक्रेन, बेलायत, इटली, फ्रान्स र जर्मनी लगायत १४२ देशले समर्थन जनाएका हुन् । प्रस्तावको विपक्षमा भने अमेरिकासमेत जम्मा १० देशको मत परेको थियो ।

राष्ट्रसंघको मतदानमा नराम्ररी हारिरहँदा नेतन्याहू वेस्ट ब्यांकको अदुमीम बस्ती भ्रमणमा थिए । त्यहाँ उनले भने, ‘प्यालेस्टाइन राष्ट्र कहिल्यै बन्दैन, यो जमिन हाम्रो हो ।’

नेतन्याहूले बिहीबार नै इजरायली बस्ती विस्तार गर्ने विवादास्पद एक योजनासँग जोडिएको सम्झौतामा हस्ताक्षर गरेका थिए । प्यालेस्टाइनीहरूले आफ्नो भनी दाबी गरिरहेको जमिनमा इजरायली बस्ती बसाएर अतिक्रमण गर्न नेतन्याहूले त्यस्तो निर्णय गरेका थिए ।

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिनेगरी यही सेप्टेम्बर २२ मा न्यूयोर्कमा राष्ट्रसंघको महत्वपूर्ण बैठक बस्दैछ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले उक्त दिन बस्ने बैठकमा आफ्नो देशले प्यालेस्टाइनलाई औपचारिक रूपमा स्वतन्त्र मुलुकको रूपमा समर्थन गर्ने जनाइसकेका छन् ।

फ्रान्ससँगै नर्वे, स्पेन, आयरल्याण्ड र बेलायतले पनि समान कदम चाल्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १२ : ४० बजे

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ– टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट जित हात

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ ।