पाकिस्तानमा तालिबानको आक्रमणमा १२ जना सैनिकको मृत्यु « Khabarhub

पाकिस्तानमा तालिबानको आक्रमणमा १२ जना सैनिकको मृत्यु


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- उत्तरपश्चिम पाकिस्तानमा तालिबानले शनिबार गरेको आक्रमणमा कम्तीमा १२ जना सैनिकको मृत्यु भएको स्थानीय सरकार तथा सुरक्षा निकायका अधिकारीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

सन् २०२१ मा काबुलमा अफगान तालिबान सत्तामा फर्किए पछि अफगानिस्तानसँगको सीमा क्षेत्रमा आतङ्कवाद बढेको जनाइएको छ ।

सैन्य समुह दक्षिण वजिरिस्तान जिल्लाको एउटा सहर हुँदै गइरहेको अवस्थामा सशस्त्र व्यक्तिहरूले हतियार तथा गोली प्रहार गरी आक्रमण गर्दा १२ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै चार जना घाइते भएको एक स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

त्यस क्षेत्रमा तैनाथ एकजना सुरक्षा अधिकारीले मृतकको सङ्ख्या पुष्टि गर्दै आक्रमणकारीहरूले सैन्य समुहको हतियार जफत गरेको बताएका छन् ।

पाकिस्तानी तालिबान, तेहरीक–ए–तालिबान टीटीपीले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ ।

पछिल्लो समयका टीटीपी लडाकु र आक्रमणको सङ्ख्या बढेको स्थानीय सरकारका वरिष्ठ अधिकारीलाई उदृत गर्दै एएफपीले जानाएको छ ।

जनवरी १ देखि खैबर पख्तुनख्वा र दक्षिणी प्रान्त बलुचिस्तानमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा लगभग ४६० जना मारिएको एएफपीले जनाएको छ ।

इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडीजका अनुसार गत वर्ष लगभग एक दशकमा पाकिस्तानमा एक हजार ६०० भन्दा बढीको मृत्यु भएको थियो, जस मध्ये लगभग आधा सैनिक र प्रहरी अधिकारीहरू थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  २ : ०६ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित