दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई « Khabarhub

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । दलाई लामाले कार्कीलाई पत्र लेख्दै बधाई दिएको उनको आधिकारिक वेबसाइटले उल्लेख गरेको छ ।

‘तपाईँलाई थाहै छ, नेपाली र तिब्बती जनताबीच इतिहासदेखि नै निकट सम्बन्ध छ ।’ उनले लेखेका छन्, ‘सन् १९५९ पछि जबरजस्ती निष्कासित गरिएपछि तिब्बती समुदायलाई शरण र पुनस्र्थापना गर्नका लागि नेपाल सरकार र जनताप्रति म कृतज्ञ छु ।’

‘पक्कै पनि तिब्बती समुदाय तुलनात्मक हिसाबमा सानो छ, मेरो विश्वासमा यसले नेपालको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिइरहेको छ ।’ दलाई लामाले लेखेका छन् ।

पछिल्ला वर्षहरुमा नेपालमा जीवनका धेरै आयाममा विकास र समृद्धि बढिरहेको भन्दै गरिब र विपन्न जनताको जीवन सुधार गर्न सके यी उपलब्धिहरु अझ धेरै अर्थपूर्ण हुने उल्लेख गरेका छन् ।

उनले यस चुनौतिपूर्ण समयमा नेपाली जनताको आशा र महत्वकाङ्क्षा पूरा गर्ने सफलता मिलोस् भन्ने कामना पनि गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ५ : २५ बजे

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण