संसद् विघटनप्रति एमाले असहमत « Khabarhub

संसद् विघटनप्रति एमाले असहमत


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) ले पनि आन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा गरिएको संसद् विघटनको घोषणाप्रति असहमति जनाएको छ। 

एमाले महासचिव शंकर पोखरेलले शनिबार विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै संसद् विघटनको घोषणाप्रति असहमति जनाएका हुन् । 

‘हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको यस घोषणाप्रति असहमत छ । प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र त्यसले सिर्जना गर्ने राजनीतिक जटिलताप्रति गम्भीर तथा चिन्तित छ,’ विज्ञप्तिमा भनिएको छ । 

यसअघि नेपाली कांग्रेसले शुक्रबार राती नै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट संविधान विघटनको विपक्षमा उभिने निर्णय गरेको थियो । 

एमाले विगतमा प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशका लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने सर्वोच्च अदालतको फैसला स्मरण गराएको छ ।

 ‘हाम्रो पार्टी अदालतको सोही व्याख्याअनुसार सम्माननीय राष्ट्रपतिज्यूबाट गरिएको घोषणाको संवैधानिक वैधता नरहेकोमा स्पष्ट छ,’ एमालेले भनेको छ । 

एमालेले मुलुकमा उत्पन्न असामान्य परिस्थितिमाझ नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका अन्य उपलब्धीहरूको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूबीच निरन्तर संवाद, समझदारी निर्माण र सहकार्य आवश्यक भएकोमा पनि जोड दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ६ : १५ बजे

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि

बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू)

काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ ।  नयाँ पुस्ता

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन– देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै

कास्कीका नेता राजु राईले छाडे रास्वपा, लेखे : पुराना जस्तै यो पनि बिग्रियो

कास्की- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु राईले चुनावको

‘पिटर-१’ ले ‘आवश्यक बल प्रयोग गर्नू’ भनेपछि २३ भदौमा हिंसा सुरू भएको बीबीसीको दाबी

काठमाडौं– ‘कर्फ्यू लागिसकेको छ, अब थप अनुमति लिइरहनु पर्दैन ।