मणिपुर पुगेर नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई बधाई (भिडियो) « Khabarhub

मणिपुर पुगेर नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई बधाई (भिडियो)


२८ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वोत्तर राज्य मणिपुर पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाली समकक्षी कार्कीलाई बधाई दिएका हुन् ।

‘म आज नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पदभार सम्हालेकोमा १ सय ४० करोड भारतवासीका तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई दिन्छु ।’ उनले भनेका छन्, ‘मलाई विश्वास छ, उहाँले नेपालमा शान्ति स्थीरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ ।’

उनले नेपालमा पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्कीको आगमन महिला सशक्तीकरणका लागि पनि उत्तम उदाहरण रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले यस्तो अस्थीर अवस्थामा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राख्ने सबैको सह्राना पनि गरेका छन् ।

सम्बोधनमा उनले हिमालको काखमा अवस्थित नेपाल भारतको मित्र र निकट साथी रहेको भन्दै दुई देशबीच साझा इतिहास रहेको पनि उल्लेख गरे ।

पछिल्ला घटनाक्रमपछि नेपाली युवायुवतीहरु सडकमा आएर सरसफाइ र रंगरोगन गरेको भन्दै प्रसंशा गरेका छन् ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ६ : ३८ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता