कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा « Khabarhub

कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरमा सार्वजनिक सवारिसाधन सञ्चालनमा आएका छन् ।

‘जेनजी’ प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको लामो तथा छोटो दूरीका सवारिसाधन आज बिहानदेखि सञ्चालनमा आएका हुन् । 

‘जेनजी’को प्रदर्शनका कारण गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

‘आज बिहानदेखि सार्वजनिकलगायत सवारिसाधन सञ्चालनमा आएका छन्’, उनले भने, ‘महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरी सवारिसाधन छुट्न थालेका छन ।’

यसैबीच जिल्ला प्रशासन कार्यालयले गत मङ्गलबारदेखि लगाइएको कर्फ्यु आइतबार बिहानदेखि पूर्ण रूपमा हट्ने जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी विज्ञप्तिमा भोलि बिहान ५ बजेपश्चात् अर्को सूचना जारी नभएसम्मका लागि पूर्णतया निषेधाज्ञा र कर्फ्यू हट्ने उल्लेख छ । शनिबार प्रशासनले निषेधाज्ञा खुकुलो गरेपछि महेन्द्रनगर बजारमा चहलपहल बढेको छ । 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ६ : ४६ बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक