देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट « Khabarhub

देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजनीतिक विश्राम लिनुपर्ने स्वर सुनिन थालेपछि लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा) ले आपत्ति जनाएका छन् ।

सभापति देउवामाथि जेन–जी आन्दोलनकारीले गरेको सांघातिक आक्रमण र घरमा गरेको आगजनीप्रति मतलब नराखेर केन्द्रीय नेताहरूले जिम्मेवारी हस्तान्तरणको माग गर्न थालेपछि उनले आपत्ति जनाएका हुन् ।

‘पार्टीका केन्द्रीय नेताहरूबाट नै सभापतिज्यू लगायतको निवासमा भएको तोडफोड र सांघातिक आक्रमणको निन्दासमेत नगरी केबल राजीनामा र जिम्मेवारी हस्तान्तरणको माग गरेको देखिन्छ,’ मन्त्री राणाले भनेका छन्, ‘जसका लागि यो समय अनुकूल र विधिसम्मत नभएको आम नेपाली कांग्रेसको बुझाइ छ ।’

उनले कांग्रेस अनुशासन, विधि र पद्दतिको जगमा उभिएको पार्टी भएको भन्दै यसलाई अक्षुण राख्न सबै नेता–कार्यकर्तालाई विधि पालना, धैर्य र सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

‘विशेषगरी यस संकटको घडीमा सबैले संयम र विवेक देखाउँदै पार्टीका शीर्ष नेताहरूको स्वास्थ्य लाभको समयसम्म प्रतीक्षा गर्नुपर्ने हाम्रो ठहर छ,’ कांग्रेस प्युठान (ख) का सभापतिसमेत रहेका राणाले विज्ञप्तिमार्फत् भनेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ६ : ५० बजे

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा