नयाँ बसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए « Khabarhub

नयाँ बसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आज नयाँबसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका हुन् ।

नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले आज बिहानदेखि ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर नयाँबसपार्कबाट बाहिरिएका जानकारी दिए ।

“यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण यातायात बन्द हुँदा काठमाडौँमा रहेका यात्रुहरू सार्वजनिक यातायातका साधनमार्फत गन्तव्यस्थलतर्फ जान थालेका छन्”, उनले भने । आज बिहानदेखि काठमाडौँको कर्फ्यू हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रुवाहक सवारीसाधन सञ्चालन हुन थालेका उनको भनाइ छ ।

उनले दसैँसमेत सुरु हुन लागेकाले नयाँबसपार्कमा अरू समयको तुलनामा यात्रुहरूको घुइँचो लाग्न थालेको बताए। यस वर्षको दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेनजी प्रदर्शनका कारण हालसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ८ : ३८ बजे

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मोरङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-६ बस्ने २७

लुटपाटमा संलग्न रहेको अभियोगमा चारजना पक्राउ

काठमाडौं–  लुटपाटमा संलग्न रहेको अभियोगमा चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको