प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव « Khabarhub

प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरेका छन्।

नेता केसीले विज्ञप्ति जारी गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गरेका छन् भने घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन्। साथै, शोकमा रहेका परिवारजनप्रति गहिरो संवेदना प्रकट गरेका छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ मन्त्रिपरिषद्ले आन्दोलनका जगमा निर्माण भएको सरकार भएकाले जिम्मेवारी नबिर्सनु पर्ने उनको भनाइ छ। यस क्रममा उनले पाँच बुँदे सुझाव सार्वजनिक गरेका छन्।

केसीका अनुसार नयाँ सरकारले केके गर्नुपर्छ ?

१. आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमनबारे शक्तिशाली र निस्पक्ष छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने।
२. शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी लुटपाट तथा राष्ट्रपति निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार लगायत सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरूमाथि कठोर कारबाही गर्नुपर्ने।
३. अघिल्ला सम्पूर्ण चर्चित भ्रष्टाचार प्रकरणलाई शक्तिशाली आयोगमार्फत छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने।
४. भ्रष्टाचारले कमाइएका रकमलाई निष्क्रिय बनाउन ५०० र १००० रुपैयाँका नोट तुरुन्त बन्द गर्नुपर्ने।
५. विदेशी बैंकमा रहेका सम्पूर्ण रकम स्वदेश फर्काएर विकासमा लगाउनुपर्ने र त्यसको नामावली सार्वजनिक गर्नुपर्ने।

उनले भ्रष्टाचारबाट संचित सम्पत्ति राष्ट्रियकरण र विदेशमा लुकाइएको कालोधन फिर्ता ल्याउनु सरकारको पहिलो जिम्मेवारी हुने उल्लेख गरेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ९ : ०६ बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक