इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।

प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका छन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् ।

पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई वस्ती छोड्न चेतावनी दिएको छ ।

गाजाको नागरिक सुरक्षा निकायले आक्रमणका कारण इजरायलले विस्थापितहरूलाई आश्रय दिने विद्यालयहरू र आवासीय भवनहरू खचाखच भरिएको बताएकोे छ। ऋाक्रमणबाट दर्जनौँको मृत्यु भएको छ र सयौँ घाइते भएका छन्। एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले “गाजामा ‘व्यापक भौतिक संरचनाको विनाश’ गरी शहर खाली गर्न खोजेको उल्लेख गरेको छ ।”

हमास नियन्त्रित गाजाको सरकारी मिडिया कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “अगस्ट ११ मा आफ्नो भूमि (गाजामा) आक्रमण सुरु भएदेखि इजरायली सेनाले एक हजार ६०० भन्दा बढी आवासीय भवनहरू र विस्थापित परिवारहरूका लागि बनाइएका १३ हजार टेन्टहरू नष्ट गरेको छ, जसले तीन लाख ५० हजारभन्दा बढी मानिसहरूलाई पूर्वी गाजा शहरबाट मध्य र पश्चिमी क्षेत्रहरूमा भाग्न बाध्य पारेको छ।

शुजैया, जायतौन, तुफाह, रिमाल र शेख राडवानसहित प्रमुख छिमेकहरू व्यवस्थित विनाशको सामना गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणलाई यसले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन भनेको छ। इजरायली सेनाका प्रवक्ता अविचे अद्राईले शनिबार भने, “करिब दुई लाख ५० हजारभन्दा बढी बासिन्दाहरू ‘उनीहरूको सुरक्षाका लागि’ गाजा शहर छोडेका छन्।”

उनले नागरिकहरूलाई दक्षिणी गाजाको अल–मवासीको ‘मानवीय क्षेत्र’ वा मध्य गाजाको ‘खाली क्षेत्रहरू’ मा जानको लागि अल–रशीद स्ट्रिट प्रयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १० : ५४ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा