विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल « Khabarhub

विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ। अंकबिहीन कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा निश्चित गर्ने लक्ष्य नेपालको छ। नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ।

सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्।

सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान चारचार अंक छ। रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। दुई अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन्। कतार र सामाओ भने अंकबिहीन छन्।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ११ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु