माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा « Khabarhub

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ ।

झिलीमिली  बत्ती, धातुका दियो, भाँडाकुँडालगायत वस्तुहरूका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका– ५ का ध्रुव रायले बताए ।

दिपावली र छठ पर्वको बेला वर्षेनी लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने कुमालेहरू अहिले बजारमा आएका बत्ती, प्लास्टिक र धातुका भाँडाकुँडाले गर्दा माटोको भाँडावर्तन र दियो (पाला) लगायतका सामग्रीको बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका– ६ का कुमाल गणेश पण्डितले बताए ।

पहिला माटोको भाँडा चोखो हुने भन्दै दियो, ढकनी, घैँटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीको माग हुने गरेको थियो । हाल आएर बनिबनाउ धातु र प्लास्टिकका भाँडाकुँडाले माटोका भाँडा उपभोक्ताको रोजाइमा नपरेपछि पेसा चौपट भएको महोत्तरी गाउँपालिका– ४ का कुमाल विजय पण्डितले बताए ।

पहिले जिल्लाभरकै हाट बजारमा माटोको सामग्रीहरू बिक्री हुने गरेकामा अहिले नगन्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने जलेश्वर नगरपालिका– १ का कुमाल सुरेन्द्र पण्डितले बताए । विगतमा महोत्तरीको विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडाहरू तराई मधेसमा मात्रै नभएर काठमाडौं, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गरेको थियो ।

माटोका सामग्रीहरू बिक्री नहुनु र बिक्री भए पनि लगानी नउठ्नुले यस पेसामा अब नयाँ पुस्ताहरू आउन नचाहने गौशाला नगरपालिका– ६ का कुमाल वीरजु पण्डितले बताए ।  सबैतिर आधुनिकता हावी हुँदै गए पनि बुढापाका र संस्कृति प्रेमीहरूले अझै माटोकै भाँडाकुँडा प्रयोग गर्न रुचाउने भएकाले कुमाल जातिका बुढापाकाहरूले जसोजतो ती सामग्रीहरू बनाएर जिविका चलाइरहेको बलवा नगरपालिका– ७ का पूर्वशिक्षक सुशील यादवले बताए । (रासस)

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ५५ बजे

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क