आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन « Khabarhub

आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री भएपछि राष्ट्रिय अविष्कार केन्द्रलाई बजेट छुट्याउनु अनैतिक हुने बताएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय मन्त्री पुनले कृषि औजार कारखानामा बनेको धान काट्ने मेशिनको परीक्षणको भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् । आफू मन्त्री भए पनि कारखाना चलिरहेको उनको भनाइ छ । कारखानाका लागि आर्थिक स्रोत आफ्नो आत्मकथा पुस्तक बेचेको र दाताबाट प्राप्त भएको रकम भएको उनले प्रष्ट पारेका छन् ।

‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्ज कृषि औजार कारखाना चलिरहेकै छ। आर्थिक श्रोत भनेको मेरो आत्म कथाको किताब बेचेको पैसा र दाताहरुले दान गरेको पैसा हो। मन्त्री भएर कारखानाको लागि म आफैले बजेट छुट्याउनु अनैतिक काम हुन्छ। पहिलेको सरकारले छुट्याएको भए हुन्थ्यो तर छुट्‌याएनन्। भविष्यका सरकारले पैसा छुट्‌याए पनि हुन्छ’, पुनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : ०९ बजे

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन