विपिनका दाजु भन्छन् : इजरायली अधिकारीसँग कुरा भएको छ, भाइ फर्किने आशा छ « Khabarhub

विपिनका दाजु भन्छन् : इजरायली अधिकारीसँग कुरा भएको छ, भाइ फर्किने आशा छ


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीबारे अनेक शंका आशंका उब्जिरहेका बेला उनका दाजु किशोर जोशीले सोमबार बिहान इजारयली अधिकारीहरूसँग कुरा भएको बताएका छन् ।

सोमबार मध्याह्न कान्तिपुर दैनिकसँगको कुराकानीका क्रममा उनले बिहान मात्रै इजारयली अधिकारीहरूसँग कुराकानी भएको खुलाएका छन् ।

‘बिहान इजरायली अधिकारीहरूसँग पनि कुरा भएको छ । हमासले छुटाउने २० जनाको नाम औपचारिक घोषणा गरेको छ’, उनले भने, ‘ती २० जनामा विपिनको नाम छैन भनेका छन् । अझै पनि हामीलाई भाइ फर्किएर आउँछ भन्ने आशा छ । निराश हुनुपर्ने ठाउँ छैन ।’

उनले सामाजिक सञ्जालका विवरण र अनेक आशंकायुक्त समाचारले पीडा दिएको बताए । ‘विगतमा पनि हामीले पीडा खेपेका हौँ । अझै निराश हुनुपर्ने अवस्था छैन’, उनले भने, ‘भाइ फर्किन्छ भन्ने विश्वासमा छौँ । हामी आशावादी भएर बसेका छौँ ।’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ५३ बजे

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन