बाढीको कटानले गुम्बा जोखिममा | Khabarhub Khabarhub

बाढीको कटानले गुम्बा जोखिममा


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– बुद्धशान्ति गाउँपालिका–४ मा तीन करोडमा निर्माण भएको पाल्यून देछेन छोइलिङ गुम्बा टिमाइ खोलाको कटानका कारण जोखिममा परेको छ । 

गत साताको अविरल वर्षाका कारण टिमाइ खोलामा आएको बाढीले कटान गर्दा खेला गुम्बा छेउमै पुगेको गुम्बा सञ्चालन उपसमितिका संयोजक मेनथिङ तामाङले बताए।

कोशी प्रदेशको प्रख्यात धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित उक्त गुम्बा विसं २०७९ मा दातासँग सहयोग जुटाएर निर्माण गरिएको तामाङले जानकारी दिए । 

एक बिघा तीन कठ्ठामा रु तीन करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको गुम्बा जोगाउन तत्काल तटबन्धनको आवश्यकता रहेको उनले बताए।

‘हामीले स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई गुहारिरहेका छौँ’, उनले भने, ‘तत्काल तटबन्धन गरेर खोला मोड्न नसके गुम्बा जोगाउन सक्ने अवस्था छैन ।’

उनका अनुसार गुम्बामा धार्मिक तथा सांस्कृतिक महत्वका सामग्री र ऐतिहासिक दस्ताबेज राखिएका छन् । गुम्बा नजिक पालिकाले उपलब्ध गराएको १० कठ्ठा जमिनमा रमणीय बुद्धपार्क निर्माण भइरहेको छ । पार्कमा ३० फिट अग्लो बुद्ध, डोल्मा लगायतको मूर्ति निर्माण भइसकेको छ । 

मदन भण्डारी राजमार्गदेखि करिब ५०० मिटर दक्षिणमा रहेको यस गुम्बामा नेपाल, भारतलगायतका मुलुकबाट धार्मिक पर्यटकहरू आउने गरेको उनको भनाइ छ । गुम्बाका गुरु लापेन छेदाङ्गले बौद्ध धर्मसम्बन्धी शिक्षा लिन विद्यार्थीहरू यहाँ आउने गरेको उनले बताए।
 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : २० बजे

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर