बाढीको कटानले गुम्बा जोखिममा « Khabarhub

बाढीको कटानले गुम्बा जोखिममा


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– बुद्धशान्ति गाउँपालिका–४ मा तीन करोडमा निर्माण भएको पाल्यून देछेन छोइलिङ गुम्बा टिमाइ खोलाको कटानका कारण जोखिममा परेको छ । 

गत साताको अविरल वर्षाका कारण टिमाइ खोलामा आएको बाढीले कटान गर्दा खेला गुम्बा छेउमै पुगेको गुम्बा सञ्चालन उपसमितिका संयोजक मेनथिङ तामाङले बताए।

कोशी प्रदेशको प्रख्यात धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित उक्त गुम्बा विसं २०७९ मा दातासँग सहयोग जुटाएर निर्माण गरिएको तामाङले जानकारी दिए । 

एक बिघा तीन कठ्ठामा रु तीन करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको गुम्बा जोगाउन तत्काल तटबन्धनको आवश्यकता रहेको उनले बताए।

‘हामीले स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई गुहारिरहेका छौँ’, उनले भने, ‘तत्काल तटबन्धन गरेर खोला मोड्न नसके गुम्बा जोगाउन सक्ने अवस्था छैन ।’

उनका अनुसार गुम्बामा धार्मिक तथा सांस्कृतिक महत्वका सामग्री र ऐतिहासिक दस्ताबेज राखिएका छन् । गुम्बा नजिक पालिकाले उपलब्ध गराएको १० कठ्ठा जमिनमा रमणीय बुद्धपार्क निर्माण भइरहेको छ । पार्कमा ३० फिट अग्लो बुद्ध, डोल्मा लगायतको मूर्ति निर्माण भइसकेको छ । 

मदन भण्डारी राजमार्गदेखि करिब ५०० मिटर दक्षिणमा रहेको यस गुम्बामा नेपाल, भारतलगायतका मुलुकबाट धार्मिक पर्यटकहरू आउने गरेको उनको भनाइ छ । गुम्बाका गुरु लापेन छेदाङ्गले बौद्ध धर्मसम्बन्धी शिक्षा लिन विद्यार्थीहरू यहाँ आउने गरेको उनले बताए।
 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : २० बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट