विपद् जोखिम न्यूनीकरण सरकारको उच्च प्राथमिकता छ : गृहमन्त्री « Khabarhub

विपद् जोखिम न्यूनीकरण सरकारको उच्च प्राथमिकता छ : गृहमन्त्री


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

सोमबार ललितपुरमा विपद् जोखिम न्यूनीकरण चौथो राष्ट्रिय सम्मेलनको उद्‌घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् । 

भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगायतका बिपद्का घटनाले जनधनको क्षतिका साथै विकासको गतिमा समेत अवरोध हुने गरेको उनले बताए ।

उनले विपद्लाई प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक रहेको धारणा राखे । 

अर्यालले बिपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचक यन्त्र विस्तार गरिएको, समुदायमा आधारित जोखिम न्यूनीकरण तथा व्यवस्थापन अवधारणा अनुसार क्षमता अभिवृद्धि कार्यक्रम चलाइएको जिकिर गरे ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले समुदायलाई बलियो बनाउन सके बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहज हुने भएकाले क्षमता अभिवृद्धिमा ध्यान दिइएको बताए । धेरै स्थानमा स्वयंसेवक प्रशिक्षण कार्यक्रम सुरु भइसकेको जानकारी दिदैँ उनले यसलाई देश व्यापी बनाइएको जानकारी दिए ।

भट्टले बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघले प्रदेशलाई गोदामघर हस्तान्तरण गरेकाले केही सहज भएको उल्लेख गर्दै अवस्था स्थानीय तहमा पनि गोदामघरको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ४२ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा