हमासले २० जना जीवित बन्धक रिहा गर्‍यो, विपिनको अझै खोजी हुँदै « Khabarhub

हमासले २० जना जीवित बन्धक रिहा गर्‍यो, विपिनको अझै खोजी हुँदै


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित बन्दीलाई रेडक्रसको जिम्मा लगाएको छ ।

सोमबार बिहान सुरूमा सातजनालाई रिहा गरेको हमासले अन्तिम १३ जना जीवित बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइएको हिब्रु भाषाका मिडियाहरूले जनाएका छन्।

यससँगै अब हमासको नियन्त्रणमा कुनै पनि जीवित बन्धक बाँकी नरहेको जनाइएको छ। उता नेपाली युवक विपिन जोशीको अवस्थाबारे अहिलेसम्म मृत्यु भएको या जीवित रहेको खुलेको छैन ।

उनका दाजु किशोर जोशीले इजरायली अधिकारीसँगको कुराकानीका आधारमा बताएअनुसार विपिनलाई हमासका सदस्यले अझै सुरूङभित्र खोजिरहेका छन् ।

तर अहिलेसम्म उनी जीवित या मृत रहेको केही खुलेको छैन । हमासले पनि विपिनलाई जीवित या मृत दुवै सूचीमा राखेको छैन । यस्तो अवस्थामा उनको वास्तविक अवस्था खुल्न नसकेको हो ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले केही सञ्चारमाध्यधलाई इजरायली अधिकारीहरूले विपिनको निधन भइसकेको भनेर अन्तर्वार्ता दिएका छन् । तर विपिनको एकीन अवस्था के हो भन्ने जवाफ हमासले अहिलेसम्म दिन सकेको छैन । हालसम्म इजरायली रक्षा बल (आईडीए) र रेडक्रसले यसबारे औपचारिक पुष्टि गरेका छैनन्।

हमासले दक्षिणी गाजाबाट बाँकी १३ जीवित बन्धकहरू हस्तान्तरण गरेको हो । २८ जना बन्धकका शवहरू अझै पनि उक्त हमासको नियन्त्रणमा छन् । केहीको शव सोमबार नै इजरायलमा हस्तान्तरण गर्ने योजना छ ।

मुक्त गरिएका २० जना बन्धक

एल्काना बोहबोट, माटान एङ्ग्रेस्ट, अविनातान ओर, योसेफ–हाइम ओहाना, एलोन ओहेल। एभ्यातार डेभिड, गाइ गिल्बोआ–दलाल, रोम ब्रास्लाभ्स्की, गाली बर्मान, जिभ बर्मान, एइतान मोर, सेगेभ काल्फोन, निम्रोड कोहेन, म्याक्सिम हर्किन र एइतान होर्न।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  २ : ०३ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा