सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन « Khabarhub

सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

बागमती- हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

गणको खेलमैदानमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वाटर हेटौँडाका पृतनापति उपरथी हरेन्द्र पाठकले नौ महिने सैन्य आधार तालिममा सहभागी नवप्रवेशी सैनिकहरुद्वारा प्रस्तुत अन्तिम दलेल कवाज प्रदर्शनको निरीक्षण गर्नाका साथै तालिमका उत्कृष्ट नवप्रवेशी सैनिक जवानहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा सङ्क्षिप्त सम्बोधन गर्दै पृतनापति उपरथी पाठकले राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो मात्र देश बलियो हुने बताए । “राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड दक्ष, तालिम प्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक हो”, उपरथी पाठकले भने, “तालिम प्राप्त गरी सेना प्रवेश गर्नुभएका तपाईँहरु सेनाको उच्च छविलाई कायम राख्दै राष्ट्र, राष्ट्रियता, नेपाली जनता र नेपाली सेनाप्रति समर्पित भएर काम गर्नुहोला ।”

राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि कटिबद्ध रहेको नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाइरहेको चर्चा गर्दै उनले नयाँ पुस्ताले पनि यसलाई अनुशरण गरेर नविनतम सोच, भविष्यमा आउन सक्ने खतराको मूल्याङ्कन गर्ने क्षमताको विकास गर्दै अघि बढ्नुपर्ने बताए ।

त्यस अवसरमा सैन्य आधार तालिममा सहभागी एक सय सैनिक जवानमध्ये विभिन्न विद्यामा उत्कृष्ट भएका नवप्रवेशी सैनिक जवानलाई उपरथी पाठकले पुस्कार वितरण गरे ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : २५ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी