इजिप्ट शिखर सम्मेलनमा नेतन्याहू नजाने, प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुने « Khabarhub

इजिप्ट शिखर सम्मेलनमा नेतन्याहू नजाने, प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुने


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार इजिप्टमा हुने शिखर सम्मेलनमा सहभागी नहुने भएका छन्।

प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत् उक्त कुराको पुष्टि गरेको छ।

‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नेतन्याहूलाई इजिप्टमा हुने सम्मेलनमा सहभागी हुन निमन्त्रणा गर्नुभएको थियो’, एक्समा भनिएको छ, ‘प्रधानमन्त्रीले उक्त निमन्त्रणाका लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्, तर चाडको सुरुवात नजिकिँदै गरेकाले उनी उपस्थित हुन नसक्ने बताइएको छ।’

यसअघि ह्वाइट हाउस र इजिप्टको राष्ट्रपतिको कार्यालयले नेतन्याहू शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिएका थिए।

उता प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास सोमबार निर्धारित शान्ति शिखर सम्मेलनमा सहभागी हुन इजिप्टको शर्म एल–शेख पुगेका छन्।

उक्त सम्मेलन इजिप्टका राष्ट्रपति अब्देल फत्ताह एल–सिसी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सह-अध्यक्षता गरिरहेका छन्।

यस सम्मेलनमा २० भन्दा बढी मुलुकका राष्ट्र प्रमुख र नेताहरू सहभागी छन्। बैठकमा गाजा युद्ध अन्त्य गर्ने उपाय, मध्यपूर्वमा दीर्घकालीन शान्ति र स्थायित्वका लागि प्रयास सुदृढ गर्ने र युद्धपछिका व्यवस्थाबारे छलफल हुने बताइएको छ।

शिखर सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, अरब लिगका महासचिव अहमद अबुल ग्यात र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा पनि सहभागी हुने छन्।

यो सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २९ मा घोषणा गरेको गाजा युद्ध अन्त्य र मध्यपूर्वमा स्थायी शान्ति स्थापना गर्ने योजनाको हिस्सा हो।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : ३९ बजे

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्