स्वास्थ्य मन्त्रालयले जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने « Khabarhub

स्वास्थ्य मन्त्रालयले जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ ।

गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ ।

घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा शर्माले जानकारी दिए ।

 उनले भने, ‘विशेषज्ञको टोलीसहित हामीले अध्ययन गरिरहेका छौँ । चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ । 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : ३७ बजे

नेपालले लगातार ब्याटर गुमायो, चार ओभरमै महत्त्वपूर्ण तीन विकेट

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालले

वेस्ट इन्डिजविरुद्ध १ रन जोडेर भुर्तेल सस्तैमा आउट

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा अहिले नेपाल र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

पर्सा– वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को सात महिनामा

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवार, भोलिदेखि थप चुनावी प्रचार

चितवन– आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ