कोशी सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने « Khabarhub

कोशी सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी र पछिल्ला बाढी–पहिरोले पुगेको क्षतिको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याई रोक्का राख्ने निर्णय गरिएको जानकारी दिए ।

प्रदेशका कार्यालय र पूर्वाधारमा भएको क्षतिको पुनः निर्माणका लागि तत्काल स्रोत जुटाउन बजेट कटौती गरिएको उनले बताए ।

मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा एघारौँ तहका इन्द्र सापकोटालाई खटाउने निर्णय पनि गरेको उनले बताए ।  

बैठकले विपद्पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रकमान्तरलाई खुला गर्ने निर्णय गर्दै प्रभावित क्षेत्रका पुनर्संरचनालाई शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भण्डारीले बताए । 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ५ : १४ बजे

नेपालले लगातार ब्याटर गुमायो, चार ओभरमै महत्त्वपूर्ण तीन विकेट

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालले

वेस्ट इन्डिजविरुद्ध १ रन जोडेर भुर्तेल सस्तैमा आउट

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा अहिले नेपाल र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

पर्सा– वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को सात महिनामा

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवार, भोलिदेखि थप चुनावी प्रचार

चितवन– आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ