आधुनिक उपकरण भित्रिएसँगै हराउँदै धान कुट्ने ओखल « Khabarhub

आधुनिक उपकरण भित्रिएसँगै हराउँदै धान कुट्ने ओखल


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आधुनिक उपकरण भित्रिएसँगै पछिल्लो समय दुर्गम पहाडी जिल्ला जुम्लामा धान कुट्ने ‘ओखल’ हराउँदै गएको छ । यहाँ विद्युत् पहुँच पुगेसँगै धमाधम ‘मिल’ स्थापना हुन थालेसँगै परम्परागत ओखल क्रमशः लोप हुँदै गएका छन् । 

तिला गाउँपालिका–४ स्थित नुवाकोट गाउँका स्थानीयवासी राजकन्या सार्कीले अचेल ओखल, ढिकी मात्र हैन जाँतो पनि गाउँघरमा वीरलै पाइने गरेको बताइन्। यहाँको नुवाकोट गाउँमा नौ गाउँका स्थानीयको धान कुट्ने ओखल छ, पछिल्लो समय नजिकैका गाउँले मात्र यस ओखलमा धान कुट्न आउने गरेका छन् ।   

उनले भनिन्, ‘आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै गाउँमा ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ । हाल मिलमै कुटानीपिसानी हुने गरेको छ । समयको बचत हुने भएकाले पनि मिलमा धान कुट्नेको सङ्ख्या बढेको हो ।’

पहिला सबैजसो घरमा ओखल बनाइएको हुन्थ्यो । ओखलमा धान कुट्दा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तीला गाउँपालिका–४ का वडाध्यक्ष भद्रवीर सार्कीले बताए। 

उनले भनिन्, ‘पहिले धान कुट्न प्रयोग गरिँदै आएको टिक्के ओखल हराउँदै गएको छ । अब ओखलबारे नयाँ पुस्ता अनभिज्ञ हुने अवस्था आएको छ । आधुनिक उपकरणले मानिसको जीवन सहज बनाएको त छ, तर परम्परागत सीप, प्रविधि र ज्ञान भने संकटमा छन् । तिनको संरक्षण गर्न पालिका लागिपरेको छ ।’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ५ : ५९ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले