इलामकी उप-प्रमुख भन्छिन्- ‘मान्छेकै बदमासीले खोला बस्ती पस्यो’ « Khabarhub

इलामकी उप-प्रमुख भन्छिन्- ‘मान्छेकै बदमासीले खोला बस्ती पस्यो’


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी आन्दोलनबाट क्षतिग्रस्त बनेको इलाम नगरपालिकाले अहिले अर्को विपत्तिको सामना गरिरहेको छ । जेन–जी आन्दोलनपछि सामान्य अवस्थामा फर्कन नपाउँदै नगरपालिकाले बाढी पहिरोको अर्को विपत्तिको सामना गरिरहेको हो ।

नगरपालिकाकी उप-प्रमुख विष्णुकुमारी लिम्बूले हालैको बाढीपहिरोले ठूलो वितण्डा मच्चाएको जानकारी दिइन् ।

उनले जेन–जी आन्दोलनका कारण करिब साढे सात करोड रुपैयाँ बराबरको क्षति भोगेको बताइन् । जेन–जी आन्दोलनको कहरबाट सम्हालिन नपाउँदै फेरि अर्को बज्र परेको उनको भनाइ छ । उनका अनुसार डेढ महिनाअगाडि उद्घाटन गरेको इलाम नगरपालिका ९ र ११ जोड्ने बाटोमा पर्ने बेलासेको पुल पनि माइखोलामा आएको बाढीले लग्यो ।

‘सबै लागेर बाढीका कारण बन्द रहेको राजदुवाली खण्ड तत्काल खोल्न खोजेको नसकिने देखियो, अब अर्को विकल्पमा सिमलगोलाइ भन्ने ठाउँबाट खोलालाई फिँजाएर त्यताबाट गाढी तार्ने भनिएको छ ।’ उनले भनिन् ।

बाढी पहिरोका कारण इलाम नगपालिकामा मात्रै ७ जनाको मृत्यु भएको छ । वडा नम्बर ६ मा दशैँ मान्न आएका एकै परिवारका ६ जनाको मृत्यु भएको छ । सोही वडामा एक जना अझै बेपत्ता छन् ।

खेतबारीमा लगाएका धान, अलैँची, अकबरे खुर्सानी लगायतका बाली र पशुपक्षीको क्षति आँकलन गर्नै नसकिने अवस्था रहेको उनको भनाइ छ । ‘१० नम्बर वडाको राजदुवाली माइखोला बगरमा बस्ने २७ परिवार विस्थापित भएका छन् । त्यहाँ २०६३ सालमा १४ रोपनी क्षेत्रफलमा बनेको श्री माईभगवती वृद्धाआश्रम पनि जोखिममा छ ।’ उनले भनिन् ।

विस्थापित परिवारलाई करिब १ सय ९१ क्षेत्रफलमा फैलिएको बगरमै निर्माणधीन क्रिकेट खेल मैदानतर्फ टेन्ट बनाएर खाख्ने योजना रहेको उनले जानकारी दिइन् ।

पछि उनीहरुलाई सुकुम्बासी घोषणा गरेर दीर्घकालीन रुपमा व्यवस्थापन गर्नेबारे पनि प्रारम्भीक छलफल चलेको छ । ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ आउनुभएको थियो, उहाँलाई विपदबारे सबै बताएका छौँ ।’ उनले भनिन् ।

३ महिनासम्म संकटग्रस्त क्षेत्र घोषणा गरिएकाले चाँडै बजेट आउने उनको अपेक्षा छ । सिंचाईका लागि २०७९ सालको वैशाखमा निर्वाचित भएपछि बनाइएका २७ वटा पक्की कुलोहरुमा क्षति भएको छ । क्षतिको थप तथ्याङ्क वडाबाट आउने क्रममा रहेको उनले बताइन् ।

उनी थप्छिन्, ‘हामी मान्छेनै बदमास हौँ नि । खोलाको बहाव नै मोडिनेगरी गिटी बालुवा ढुङ्गा निकालेका छौँ । मान्छेकै बदमासीले गर्दा खोला बस्ती पसेको हो ।’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : ४० बजे

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

कैलाली– सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौं– मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी– इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको