इजरायली संसद्‍‍भित्रै ट्रम्प र नेतन्याहूको विरोध, सांसदले लगाए नारा- स्वतन्त्र प्यालेस्टाइनलाई मान्यता दिनू « Khabarhub

इजरायली संसद्‍‍भित्रै ट्रम्प र नेतन्याहूको विरोध, सांसदले लगाए नारा- स्वतन्त्र प्यालेस्टाइनलाई मान्यता दिनू


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायली संसद्‍मै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधको सामना गर्नुपरेको छ। त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बोलिसकेपछि रोस्ट्रममा पुगेका ट्रम्पले सम्बोधन थाल्नेबित्तिकै विरोधको सामना गर्नुपरेको हो।

गाजामा दुई वर्षसम्म चलेको नरसंहारसिहतको युद्धलाई उल्लेख गर्दै ट्रम्पले यो क्षेत्र अहिले शान्त रहेको जिकिर गरे । उनले यहाँ सधैँ शान्ति कायम हुने बताए ।

तर ट्रम्पको सम्बोधनका क्रममा इजरायली संसद्मा केही तनाव भयो । त्यहीकारण ट्रम्पले केही समयलाई सम्बोधन नै रोक्न बाध्य भए ।

ट्रम्पको केनेस्सेट (इजरायली संसद) मा गरिएको भाषण विरोधका कारण केही समयका लागि रोक्नु पर्‍यो । ट्रम्पको भाषण नै रोकेर प्यालेस्टाइनको पक्षमा आवाज उठाउने व्यक्ति सांसद ऐमन ओदेह रहेको खुलेको छ ।

भाषणअघि नै ओदेहले आफ्नो एक्स ह्यान्डलमा लेखेका थिए, ‘संसद्को प्लेनरीमा देखिएको कपटको स्तर असह्य छ। नेतन्याहूलाई प्रशंसा र चाकरीमार्फत् राजा बनाउने प्रयासले गाजामा भएका मानवताविरुद्धका अपराधहरू र सयौँ हजार प्यालेस्टिनी र हजारौं इजरायलीको रगतको जिम्मेवारीबाट उनलाई र उनको सरकारलाई मुक्त गर्न सक्दैन।’

उनले अझै विरोध जनाउँदै लेखेका थिए । ‘तर युद्धविराम र समग्र सम्झौताका कारण मात्र म यहाँ उपस्थित छु। कब्जा अन्त्य गरेर र इजरायलसँगै प्यालेस्टिनी राज्यलाई मान्यता दिएर मात्रै सबैका लागि न्याय, शान्ति र सुरक्षाको मार्ग खुल्नेछ।’

भाषणका क्रममा ट्रम्पलाई केहीबेर रोक्ने गरी उनले विरोध जनाएका थिए । तर सुरक्षा अधिकारीहरूले ट्रम्पलाई अवरोध गर्ने उनीसहितका केही व्यक्तिलाई सुरक्षाकर्मीले संसद् भवनबाट बाहिर निकालेका थिए । सुरक्षाकर्मीले उनीहरूले बोकेका ब्यानर पनि खोसेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : १२ बजे

बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने

मकवानपुर– आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज– द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा आउने

कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै

मुुस्ताङ– उत्तरी कोरलानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको

सोमबारदेखि आठौँ भाषा प्रशिक्षण सुरु हुने

काठमाडौँ– पर्यटन व्यवसायीलाई लक्षित गर्दै आठौँ चिनियाँ भाषा कक्षा सोमबारदेखि

बिरामीको संख्या बढ्दा रगतको माग उच्च

झापा– नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा