प्रकाश सपुतलाई प्रश्न : फिल्ममा आफ्नो अभिनय क्षमताको आत्मसमीक्षा के हो ? « Khabarhub

प्रकाश सपुतलाई प्रश्न : फिल्ममा आफ्नो अभिनय क्षमताको आत्मसमीक्षा के हो ?


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लाे समय गायनमा कम सक्रिय देखिएका प्रकाश सपुत फिल्म अभिनयमा व्यस्त छन् ।

गीत सिर्जनामा अब्बल सावित भएपछि उनी फिल्म अभिनयमा लागे । तर उनको फिल्म यात्रा सुखद् बनेको छैन । लगातार उनको अभिनय रहेका तीन फिल्म ‘वसन्त’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ बक्स अफिसमा असफल बने ।

यी फिल्मबाट प्रकाशको अभिनयको चर्चा त्यति भएन। उनी सहायक भूमिकामा रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा सफल भयो । तर, यसको क्रेडिट उनले लिन पाएनन् ।

गायनमा जसरी प्रकाश फिल्म अभिनयमा जम्न सकेका छैनन् । उनी पनि यस टिप्पणीलाई स्वीकार गर्न तयार छन् ।तीन फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार नगरेपछि उनलाई अहिलको समय लेखक र निर्देशक युग रहेको महसुस हुन थालेको छ ।

उनी भन्छन्, ‘अब फिल्म लेखक र निर्देशकको भयो । राम्रो कथा र निर्देशन छ भने आफैँ त्यो फिल्मको दर्शक बढ्दै जान्छ । व्यापार राम्रो हुने देखियो । कलाकारले नै फिल्म पूरा काँधमा बोक्ने भन्ने ट्रेन्ड चाहिँ नेपालमा बिस्तारै कम हुँदै गएको छ ।’

उनको आशय हो- फिल्म कलाकारले होइन कथाले चल्छ ।

यो पनि : प्रकाश सपुतको ‘हिट लिस्ट’मा खडेरी !

यद्यपी उनी दशैँमा प्रदर्शनमा आएका आफ्ना दुई फिल्म ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को व्यापारप्रति सन्तुष्ट छन् ।

उनी भन्छन्, ‘देशको अवस्थाले हो । यो अवस्थामा सबै क्षेत्र प्रभावित छन् । त्यो असर फिल्ममा पनि देखिएको हो । अहिले बक्स अफिस आँकडा कम भयो भन्नु प्रदर्शनरत फिल्मप्रतिको अन्याय हो ।’

‘सोल्टिनी’को ट्रेलर सार्वजनिक कार्यक्रममा कमलपोखरीस्थित एक हलमा सोमबार खबरहबले प्रकाशलाई उनको अभिनय क्षमतामाथि भएका टिप्पणीबारे प्रश्न गरेको थियाे । स्मरण रहोस्- उनले अभिनय क्षमताबाट पनि प्रशंसा पाउन सकेका छैनन् ।

उनी पनि आफ्नो अभिनय क्षमताप्रति पूर्ण सन्तुष्ट देखिएनन् । उनले आफ्नो अभिनय क्षमताबारे उनले भने, ‘मिहिनेत गर्नुपर्छ । हरेक कलाकारले यो गर्नुपर्ने कुरा नै हो ।’

अहिले नै अभिनयबारे पूर्ण आत्मासमीक्षा गर्ने मुडमा प्रकाश छैनन् । उनी भन्छन्, ‘अझै मेरो केही फिल्म आउनै बाँकी छ । त्यसपछि पूर्ण आत्मासमीक्षा गरौँला न । अहिले नै अभिनय आत्मासमीक्षाको प्रश्न नसोध्नु न ।’

प्रकाशले आफूलाई ‘लाइट अभिनय’ गर्ने कलाकारको श्रेणीमा राख्न रूचाउँछन् । उनी भन्छन्, ‘मलाई लाग्छ– अभिनय गर्नु पर्दैन यो कलाकारलाई स्क्रिनमा राख्यो भने मात्रै पात्रलाई न्याय हुन्छ भन्ने सोचाइले हामी जस्तो लाइट अभिनय गर्ने व्यक्तिलाई प्रस्ताव आएको हो ।’

प्रकाशको अर्को फिल्म ‘परालको आगो’ छायाङ्कनरत छ । ‘यो फिल्मपछि अर्को साइन गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘फिल्म नै नगर्ने भन्ने त हुँदैन । यसपछि पनि अरु फिल्मा जोडिने सम्भावना उत्तिकै छ ।’

प्रकाशको अभियन रहेको फिल्म ‘सोल्टिनी’ कात्तिक ६ अर्थात् भाइटीकाबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको नायिका परीक्षा लिम्बू र निर्देशक अर्जुन सुबेदी हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ४७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००