मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ « Khabarhub

मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय मोतिलाल तामाङ र सुनसरीको इटहरी नगरपालिका बस्ने ४७ वर्षीय नारायण वन रहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ९ : ४८ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा