विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै « Khabarhub

विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अनुपस्थित भएका बेला चारजना बन्दी शव रेडक्रसले बुझाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका दर्जनौं नेताबीच शिखर वार्ता चलिरहँदा नेपाली युवक विपिन जोशीसहित चारजनाको शव हमासले फिर्ता गरेको हो ।

उता २ हजार प्यालेस्टिनी कैदीहरू पनि रिहा भएका छन् । जसमा २५० जना आजीवन कारावास सजाय सुनाइएका कैदी पनि छन् ।

इजरायली सेनाले ९आईडीएफ० गाजाबाट चारजना मृतक बन्धकका शव रहेका कफिनहरू निकाल्न लागेको बताएको छ।

आईडीएफका अनुसार ती कफिनहरूलाई तेल अभिभको अबु कबीर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइनेछ, जहाँ शवहरूको पहिचान गर्न दुई दिनसम्म समय लाग्न सक्छ।

गाजाबाट निकाल्नुअघि आईडीएफले मृतकहरूको सम्झनामा एक सानो धार्मिक समारोह आयोजना गर्ने जनाएको छ। उक्त समारोह सैन्य रब्बीको नेतृत्वमा हुनेछ, जसमा कफिनहरू इजरायली झण्डामा बेरिनेछन् । त्यहाँ सैनिकहरूले सलामी दिएर स्तोत्र वाचन गर्नेछन्।

हामासले सोमबार साँझ दक्षिण गाजामा रेडक्रसलाई ती शवहरू हस्तान्तरण गरेको थियो। त्यसपछि रेडक्रसले ती कफिनहरू आईडीएफलाई बुझाएको हो।

हामासले यसअघि मृतक बन्धकहरूका रूपमा गाइ इलौज, योसी शाराबी, नेपाली युवक विपिन र इजरायली सेनाका क्याप्टेन ड्यानियल पेरेजका शवहरू फिर्ता गरेको जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ११ : ३२ बजे

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन

महाशिवरात्रि : पशुपतिनाथमा भक्तजनको भिड (तस्बिरहरू)

काठमाडौं– हिन्दु धर्मावलम्बीहरूले आज महाशिवरात्रि पर्व देशभर श्रद्धा, भक्ति र

महाशिवरात्रिको सन्देश- क्रोध, मोह र लोभको विसर्जन

महाशिवरात्रि हिन्दु धर्मावलम्बीका लागि केवल एउटा पर्व मात्र होइन, आत्मचिन्तन,