स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित) « Khabarhub

स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित)


२७ कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको कम्पनीको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

नेपाल स्काउटले कात्तिक २० गते एक सूचना जारी गर्दै खड्का ल्यान्ड डेभलपमेन्ट कम्पनीलाई ७ दिनभित्र बाँकी बक्यौता तिर्न चेतावनी दिएको थियो ।

उक्त कम्पनीले बक्यौता तिर्न पुनः आलटाल गरेपछि युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा महानगरले संरचनामा डोजर चलाएको हो ।

उक्त जग्गा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटको स्वामित्वमा पर्छ । खड्काले नेपाल स्काउटको जग्गा प्रयोग गरेबापत ३ करोड ५० लाख रुपैयाँ बढी बक्यौता तिरेका छैनन् ।

२०६५ सालमा लैनचौरस्थित ३ रोपनी जग्गा प्रयोजनका लागि नेपाल स्काउट र कम्पनीबीच १० वर्षे लिज सम्झौता भएको थियो । जसको अवधि २०७५ सालमै सकिएको थियो ।

सम्झौतासम्बन्धी विवादपछि कम्पनी अदालत गएको थियो । तर २०७९ असार १३ गते उच्च अदालत पाटनले कम्पनीको दाबी खारेज गर्दै स्काउटको पक्षमा फैसला गर्‍याे । त्यसपछि स्काउटले उक्त जग्गामा रहेको संरचना २०७२ कात्तिक २८ गते सार्वजनिक सूचना जारी गरी सिलबन्दी गरेको थियो ।

स्काउटले कार्तिक २० गते जारी गरिएको सूचनामा भाडा नतिरेकाले संस्थालाई अपूरणीय क्षति पुगेको उल्लेख छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ९ : २५ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को