‘जारी २’काे शो खोस्दै ‘परान’, स्क्रिन संख्या नि उसकै बढी « Khabarhub

‘जारी २’काे शो खोस्दै ‘परान’, स्क्रिन संख्या नि उसकै बढी


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यून शो र कमजोर अकुपेन्सीका साथ कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको परान फिल्मले अनपेक्षित पिकअप लिएको छ । प्रदर्शनको चौथो दिनबाट पिकअप लिएको यो फिल्म बिहीबार १४ औँ दिनमा प्रदर्शनरत छ ।

प्रदर्शनको एक सातापछि कात्तिक २१ देखि ‘परान’ले बक्स अफिसमा ‘जारी २’सँग प्रतिस्पर्धा गरिरहेको छ ।

हिट फिल्म ‘जारी’ सिक्वेल ‘जारी २’सँगको प्रतिस्पर्धामा पनि ‘परान’ हेभिवेट निस्किएको छ । बिहीबारको हकमा ‘जारी २’लाई हलहरुले छुट्याएको शो संख्याभन्दा ‘परान’को बढी छ । ‘परान’ले बिहीबार १९५ भन्दा बढी शो पाउँदा ‘जारी २’ले १३० शो मात्रै पाएको छ ।

यो पनि – समीक्षा ‘जारी २’ : कमजोर सिक्वेल !

एक सातापछि प्रदर्शनमा आएको फिल्मको भन्दा बढी शो पाउनु ‘परान’लाई दर्शकको उच्च साथ छ भन्ने सन्देश हो । बुकिङमा पनि ‘परान’को अकुपेन्सी उच्च देखिन्छ ।

‘जारी २’ले प्रदर्शनको पहिलो दिन २५८ शो पाएको थियो । दयनीय ५८ शो पाएर प्रदर्शनमा आएको ‘परान’ले दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि हलमा चाप बढेको हो ।

यो पनि – समीक्षा : परान भरिएको ‘परान’

१४औँ दिनमा आइपुग्दा ‘परान’को शो प्रदर्शनको पहिलो दिनको भन्दा तेब्बरले बढी छ । पछिल्लो केही दिनयता ‘परान’ले ‘जारी २’को शो खोसेको पाइन्छ ।

‘जारी २’मा नायकहरु दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिकामा छन् । यसको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् ।

‘परान’मा नीर शाहको शीर्ष भूमिका रहेको छ । यसको निर्देशक दीपक आर्चाय ‘काकु’ हुन् । परान आचार्यकै कथा हो भने पटकथा यम थापाले लेखेका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १० : ५१ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको