गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ « Khabarhub

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा गृहमन्त्री ओम प्रकाश अर्यालले लिनुपर्ने बताएका छन् । गुरुङले जेनजीको माग पूरा नभइ निर्वाचन समेत हुन नसक्ने जिकिर गरेका छन् ।

नेपाल स्काउटको जग्गामा खड्काल्यान्ड प्रालीले बनाएको संरचना भत्काउन पुगेका गुरुङले गृहमन्त्री अर्यालमाथि शङ्का गर्दै जङ्गी अड्डामा पनि सँगै भएको र राष्ट्रपति कार्यालयमा संविधानविद भनेर चिनाइएको दाबी गरे ।

‘उहाँ हामीसँग जङ्गी अड्डामा पनि सँगै हुनुहुन्थ्यो, राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर चिनाइएको थियो । माग पूरा हुन्छ/हुँदैन उहाँलाई थाहा छ ।’ उनले अगाडि भने’, ‘गिरिबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । यी सबै माग पूरा भएन भने धोका दिनुभएको हो हामीलाई अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’

गुरुङले गृहमन्त्रीमाथि आक्रोश पोख्दै जेनजीका माग सम्बोधन नगरी चुनाव चुनाव भनेर हिँडिरहेको बताए ।

गुरुङले अर्याललाई एमाले जस्तो भएको भन्ने शङ्का समेत गरेका छन् । उनले भनेका छन्– ‘मलाई त कहिलेकाहीँ गृहमन्त्री त एमाले पो हो कि जस्तो लाग्छ । उहाँको एजेन्डा चुनाव मात्र रहेछ हाम्रो एजेन्डा भनेको देशलाई न्याय दिनु हो।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ११ : ११ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको