गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ « Khabarhub

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा गृहमन्त्री ओम प्रकाश अर्यालले लिनुपर्ने बताएका छन् । गुरुङले जेनजीको माग पूरा नभइ निर्वाचन समेत हुन नसक्ने जिकिर गरेका छन् ।

नेपाल स्काउटको जग्गामा खड्काल्यान्ड प्रालीले बनाएको संरचना भत्काउन पुगेका गुरुङले गृहमन्त्री अर्यालमाथि शङ्का गर्दै जङ्गी अड्डामा पनि सँगै भएको र राष्ट्रपति कार्यालयमा संविधानविद भनेर चिनाइएको दाबी गरे ।

‘उहाँ हामीसँग जङ्गी अड्डामा पनि सँगै हुनुहुन्थ्यो, राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर चिनाइएको थियो । माग पूरा हुन्छ/हुँदैन उहाँलाई थाहा छ ।’ उनले अगाडि भने’, ‘गिरिबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । यी सबै माग पूरा भएन भने धोका दिनुभएको हो हामीलाई अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’

गुरुङले गृहमन्त्रीमाथि आक्रोश पोख्दै जेनजीका माग सम्बोधन नगरी चुनाव चुनाव भनेर हिँडिरहेको बताए ।

गुरुङले अर्याललाई एमाले जस्तो भएको भन्ने शङ्का समेत गरेका छन् । उनले भनेका छन्– ‘मलाई त कहिलेकाहीँ गृहमन्त्री त एमाले पो हो कि जस्तो लाग्छ । उहाँको एजेन्डा चुनाव मात्र रहेछ हाम्रो एजेन्डा भनेको देशलाई न्याय दिनु हो।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ११ : ११ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा