किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ? « Khabarhub

किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ?


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी अभियन्ता सुदन गुरुङ निर्वाचन आयोग पुगेका छन्। बिहीबार बिहान आयोग पुगेर गुरुङले हिमाली जिल्लामा मतदाता नामावली सङ्कलन गर्न कठिन भएकाले घुम्ती शिविर चलाउन माग गरेका छन् ।

गुरुङनिकट अर्का जेन-जी अभियान्ता अनिल बानियाँका अनुसार आयोगमा गुरुङले आयुक्तहरूसँग छलफल गरिरहेका छन्।

गुरुङले निर्वाचन आयोगको वेबसाइटमा देखिएका समस्या र आजबाट सार्वजनिक हुन लागेको अर्को निर्वाचन पोर्टललाई पनि थप प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले त्यसलाई सूचनामुखी बनाउनका लागि विभिन्न विकल्पमा छलफल गरेका छन् ।

‘मतदाता नावली सङ्कलनका लागि हिमाली जिल्लामा समस्या भइरहेको बुझेका छौँ । त्यसका लागि घुम्ती शिविर सञ्चालन लगायतको कार्यक्रम गर्न सुझाव दिएका छौँ’, बानियाँले खबरहबलाई भने, ‘आजबाट सार्वजनिक हुन लागेको अर्को निर्वाचन पोर्टललाई पनि व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिएका छौँ ।’

बानियाँका अनुसार आयोगले पनि जेन-जीका मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताएका छन्। बानिया निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गुरुङ गएको कुरा गलत रहेको बताउँछन् ।

पछिल्लो समय गुरुङले जेन-जीको मागलाई सम्बोधन गर्न सरकारले विभिन्न विकल्पहरूमा कुराकानी गर्नुपर्ने बताइरहेका छन्। उनले बिहीबार मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालय नेकपा एमालेका नेता जस्तो हुँदै गएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : १४ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा