सरकारले देशलाई चुनावतर्फ लाँदैन, प्रतिनिधिसभा फर्काउनै पर्छ : शंकर पोखरेल « Khabarhub

सरकारले देशलाई चुनावतर्फ लाँदैन, प्रतिनिधिसभा फर्काउनै पर्छ : शंकर पोखरेल


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ नभई संकटतर्फ लैजाने बताएका छन् ।

लोकप्रिय पार्टीका नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा संकट निम्तिने पोखरेलले बताएका छन् ।

नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको संकट टार्न प्रतिनिधि सभा फर्काएर त्यसबाटै युवाका माग सम्बोधन गर्न सकिने बताए ।

‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्‍याउनु पर्छ भन्ने छैन । अर्ली इलेक्सनमा जान सकिन्छ’ महासचिव पोखरेलले भने, ‘यी सबै काम गर्न पहिलो शर्त प्रतिनिधि सभाको पुनर्स्थापना हो ।’

महासचिव पोखरेलले केही मानिसहरूले दल सकिए भनेको कुराको पनि जवाफ दिए । उनले खासगरी एमाले सकियो भनेर बनाइएको भाष्य वडा भेला र पालिकाका प्रदर्शनले खण्डित गरेको बताए ।

‘दलहरू सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो । एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौं मानिस सडकमा आए,’ पोखरेलले भने, ‘जनता एमालेको साथमा छन् भन्ने यो भन्दा ठुलो प्रमाण के हुन्छ ?’

पोखरेलले केही मान्छे सडकमा आँउदैमा सरकार ढल्ने, संविधानमा तलमाथि हुने भए एमालेले दिनहुँ मान्छे सडकमा उतार्ने हैसियत राख्ने बताए ।

नवयुवाका नाममा भएको आन्दोलनमा घुसपैठ गराएर नेपाललाई राज्यविहीनताको अवस्थामा पुर्‍याउन खोजिएको पोखरेलले बताए ।

‘यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुशी नहोऊँ’ महासचिव पोखरेलले भने ‘यसलाई त नेपाललाई राज्यविहीन बनाउने, नेपाली जनतामाथि भएको प्रहारका रुपमा बुझ्नु पर्दछ ।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : २० बजे

८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ

काठमाडौं– नेकपा एमालेका ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताले पार्टीको अध्यक्ष

गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव 

निङ्सिया– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको पूर्वाधार विकास र आर्थिक

कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य 

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका

पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३१ वटा विपद्का घटना भएका