कृष्णपुरमा वैकल्पिक ऊर्जाको प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा « Khabarhub

कृष्णपुरमा वैकल्पिक ऊर्जाको प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हरित जलवायु कोषको सहयोगमा स्वच्छ ऊर्जा प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

 वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्य, नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा सञ्चालित यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा खाना पकाउने विभिन्न स्वच्छ ऊर्जा प्रविधि (विद्युतीय चुल्हो, सुधारिएको चुल्हो र घरायसी बायोग्यास प्लान्ट जडान) गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार यस कार्यक्रमको उद्देश्य स्थानीय तहमा स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तार गर्दै दिगो विकास, वातावरणीय प्रदूषण नियन्त्रण र वन विनाश न्यूनीकरणमा योगदान पुर्‍याउनु रहेको छ । 

‘स्वच्छ ऊर्जा प्रयोग बढे वातावरण र स्वास्थ्यमा सुधार आउँछ, दाउरा र पेट्रोलियम पदार्थको निर्भरता घट्छ,’ उनले भने, ‘यही कारणले कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ ।’

कार्यक्रमअन्तर्गत प्रत्येक प्रविधिमा लागत साझेदारीको स्पष्ट संरचना तय गरिएको छ । विद्युतीय चुल्होमा कुल लागतको १० प्रतिशत हरित जलवायु कोषले, ४८ प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले, १९ प्रतिशत नगरपालिकाले र बाँकी २३ प्रतिशत उपभोक्ताले व्यहोर्ने व्यवस्था छ ।

त्यस्तै सुधारिएको चुल्होका लागि हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४०-४० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत र उपभोक्ताले पाँच प्रतिशत लागत साझेदारी गर्नेछन् ।

त्यसैगरी घरायसी बायोग्यास प्लान्ट निर्माणमा हरित जलवायु कोषले २८ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४८ प्रतिशत, नगरपालिकाले १० प्रतिशत र उपभोक्ताले १४ प्रतिशत खर्च व्यहोर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाले स्थानीय बासिन्दालाई आफ्नो वडा कार्यालयमार्फत आवेदन दिन आह्वान गरेको छ । आवेदन दिनका लागि नागरिकताको प्रतिलिपि, माग संकलन फाराम र लक्षित वर्ग (अपाङ्गता, एकल महिला, मुक्त कमैया, कमलहरी आदि)को प्रमाणपत्र पेश गर्नुपर्नेछ । उपभोक्ताको माग र आवश्यकताका आधारमा स्वच्छ ऊर्जाका साधन अनुदानमा उपलब्ध गराइने बताइएको छ ।

वैकल्पिक ऊर्जाको प्रयोगले वन संरक्षण, वायु प्रदूषण घटाउने र जलवायु परिवर्तनका असर न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने भएकाले कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगर प्रमुख हेमराज ओझाले बताए । सुधारिएको चुल्हो र बायोग्यास प्रविधिले दाउरा खपत घटाउने, धुवाँ–धुलो कम गर्ने र महिलाको स्वास्थ्यमा सुधार ल्याउने उनले उल्लेख गरे।

यस्तै विद्युतीय चुल्हो प्रयोगले एलपिजि ग्यासको आयात घटाउन सहयोग पुग्नेछ । यसले घरेलु विद्युतीय ऊर्जाको प्रयोगमा वृद्धि ल्याई राष्ट्रिय ऊर्जा आत्मनिर्भरता नीति कार्यान्वयनसमेतमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

नगरपालिकाले यो कार्यक्रमलाई वातावरणमैत्री र सामाजिक रूपान्तरणको मोडेलका रूपमा अघि बढाउने तयारी गरेको छ । 

‘कार्यक्रममार्फत दिगो ऊर्जा, हरित वातावरण र स्वच्छ जीवनशैलीतर्फ अघि बढ्दैछौँ,’ नगर प्रमुख ओझाले भने,’यो अभियानले न केवल वातावरणको संरक्षण गर्नेछ, स्थानीयको आर्थिक बोझ पनि घटाउनेछ ।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै