गृहको प्रतिवेदन भन्छ : लुटिएका ७१८ थान हतियार फिर्ता, जेन-जीका नाममा तोडफोड र आगजनी गर्ने ४२९ पक्राउ « Khabarhub

गृहको प्रतिवेदन भन्छ : लुटिएका ७१८ थान हतियार फिर्ता, जेन-जीका नाममा तोडफोड र आगजनी गर्ने ४२९ पक्राउ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति सुरक्षा अवस्था र आगामी निर्वाचन तयारीबारे राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विस्तृत विवरण पेश गरेका छन्।

उनले बिहीबार पेश गरेको प्रतिवेदनमा जेन जी आन्दोलनपछि देशलाई सामान्य अवस्थामा ल्याउन गृह मन्त्रालयले गरेको काम र आगामी निर्वाचन तयारीबारे जानकारी दिएका छन्।

गृहमन्त्री अर्यालले भने, ‘भाद्र २३ र २४ गते जेन जी पुस्ताबाट भएको प्रदर्शनपछि देश विषम अवस्थामा थियो। ठुलो जनधनको क्षति र प्रधानमन्त्रीको राजीनामापछि असुरक्षा बढेको थियो। त्यस परिस्थितिमा सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन सम्पन्न गर्ने अभिभारा लिएको हो।’

उनले अन्तरिम सरकारले देश सम्हाल्दा अन्योलको अवस्था रहे पनि फेरि रक्तपातपूर्ण स्थिति नआओस् भनेर सचेत रूपमा अघि बढेको बताए।

उनले भने, ‘सुरक्षा निकायका पूर्वाधार क्षतिग्रस्त थिए, मनोबल कमजोर थियो। नेपाल प्रहरीका ४६५ युनिटमध्ये हाल ४४८ युनिट सञ्चालनमा आएका छन्।’

गृह मन्त्रालयले जेन-जी युवाहरूसमेतको सहभागितामा सहायता कक्ष स्थापना गरी जोखिममा परेका नागरिकलाई सहयोग गरेको जानकारी पनि उनले दिए।

उनका अनुसार करिब दुई महिनाभित्र शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सरकार सफल भएको छ।

अर्यालले भने, ‘जेन-जी प्रदर्शनका क्रममा भएको क्षतिको यथार्थ छानबिनका लागि न्यायिक आयोग गठन गरिएको छ। आपराधिक कार्यमा संलग्न ४२९ जनालाई पक्राउ गरी १६८ वटा मुद्दा दर्ता भइसकेका छन्। लुटिएका हतियारमध्ये ७१८ थान फिर्ता भइसकेका छन्, बाँकी फिर्ता ल्याउन संयुक्त अपरेशन जारी छ।’

जेन-जी प्रदर्शनमा मृत्यु भएका परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराइएको छ। ‘३ जना प्रहरी र ४२ जना जेन जी सुशासन योद्धा गरी ४५ जनालाई शहीद घोषणा गरिएको छ,’ उनले भने।

घाइतेहरूको उपचार, पुनःजाँच र राहतका लागि परिचयपत्र वितरण गरिएको मन्त्रालयले जनाएको छ।

नि:शुल्क उपचार, एम्बुलेन्स तथा भैपरी खर्चको व्यवस्था गरिएको उनले बताए। घाइते वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको र सहसचिवको संयोजकत्वमा समन्वय समिति गठन गरी काम भइरहेको जानकारी पनि उनले दिए।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  २ : ०९ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित