जी–७ द्वारा युक्रेनलाई तत्काल युद्धविराम गर्न आह्वान, सुडानमा बढ्दो संकटको चेतावनी « Khabarhub

जी–७ द्वारा युक्रेनलाई तत्काल युद्धविराम गर्न आह्वान, सुडानमा बढ्दो संकटको चेतावनी


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यानाडामा भएको बैठकमा जी–७ का विदेश मन्त्रीहरूले  युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै  सुडानमा बढ्दो संकटको बारेमा चेतावनी दिएका छन् । 
 
संयुक्त विज्ञप्तिमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञहरूले युक्रेनको क्षेत्रीय अखण्डताका लागि समर्थन व्यक्त गरेका छन् । उनीहरूले युद्धविरममा समर्थन जनाउदै तत्काल युद्धविरामको आवश्यकता रहेका बताएका छन् । 

वार्तामा, जी–७ का नेताहरूले रूसको चरम आक्रमणविरुद्ध युक्रेनको रक्षाको लागि कोष बढाउन विभिन्न विकल्पहरूमा छलफल गरेको जनाइएको छ ।
  
वार्तामा आमन्त्रित युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले जी–७ ले युक्रेनको युद्ध क्षमता बलियो बनाउँदै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन माथि दबाब बढाउन आवश्यक रहेको बताएका छन् ।

पुटिनलाई अझै पनि आफूले जित्न सक्ने भ्रम रहेको बताउँदै सिबिहाले पुटिन र उनको शासनको चरम आक्रमणलाई नियन्त्रण गर्नका लागि सबैले सघाउनु पर्ने बताएका छन् । 

यस अघि बुधबार क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दले युक्रेनमा साइबर आक्रमण गर्न प्रयोग गरिएको संस्थामाथि नयाँ प्रतिबन्धको घोषणा गर्नु भएको थियो । 

बेलायतले युक्रेनको ऊर्जा क्षेत्रको मर्मत सम्भारका लागि १३ मिलियन पाउन्ड (१७.१ मिलियन डलर) कोषको घोषणा गरेको छ ।

संयुक्त जी–७ को विज्ञप्तिले सुडानमा बढ्दो हिंसाको पनि निन्दा गर्दै अफ्रिकी राष्ट्रको सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको द्वन्द्वले ठूलो मानवीय संकट निम्त्याएको बताएको छ ।

अप्रिल २०२३ देखि, सुडानको सेना र आरएसएफ बीचको युद्धले दशौं हजारको ज्यान लिनुका साथै लगभग एक करोड २० लाखलाई विस्थापित गरेको जनाइएको छ ।

आरएसएफले पश्चिमी दारफुरको सेनाको गढ एल–फासेर कब्जा गरेको दुई हप्तापछि जी–७ बैठक भएको हो । त्यसपछि सामूहिक हत्याको खबर बाहिर आएको छ ।

जी–७ ले दुवै पक्षलाई ‘तनाव कम गर्न, तत्काल  स्थायी युद्धविरामका लागि प्रतिबद्ध भई मानवीय सहायताको लागि द्रुत र निर्बाध मार्ग सुनिश्चित गर्न’ आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  २ : ५४ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा