जी–७ द्वारा युक्रेनलाई तत्काल युद्धविराम गर्न आह्वान, सुडानमा बढ्दो संकटको चेतावनी « Khabarhub

जी–७ द्वारा युक्रेनलाई तत्काल युद्धविराम गर्न आह्वान, सुडानमा बढ्दो संकटको चेतावनी


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यानाडामा भएको बैठकमा जी–७ का विदेश मन्त्रीहरूले  युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै  सुडानमा बढ्दो संकटको बारेमा चेतावनी दिएका छन् । 
 
संयुक्त विज्ञप्तिमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञहरूले युक्रेनको क्षेत्रीय अखण्डताका लागि समर्थन व्यक्त गरेका छन् । उनीहरूले युद्धविरममा समर्थन जनाउदै तत्काल युद्धविरामको आवश्यकता रहेका बताएका छन् । 

वार्तामा, जी–७ का नेताहरूले रूसको चरम आक्रमणविरुद्ध युक्रेनको रक्षाको लागि कोष बढाउन विभिन्न विकल्पहरूमा छलफल गरेको जनाइएको छ ।
  
वार्तामा आमन्त्रित युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले जी–७ ले युक्रेनको युद्ध क्षमता बलियो बनाउँदै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन माथि दबाब बढाउन आवश्यक रहेको बताएका छन् ।

पुटिनलाई अझै पनि आफूले जित्न सक्ने भ्रम रहेको बताउँदै सिबिहाले पुटिन र उनको शासनको चरम आक्रमणलाई नियन्त्रण गर्नका लागि सबैले सघाउनु पर्ने बताएका छन् । 

यस अघि बुधबार क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दले युक्रेनमा साइबर आक्रमण गर्न प्रयोग गरिएको संस्थामाथि नयाँ प्रतिबन्धको घोषणा गर्नु भएको थियो । 

बेलायतले युक्रेनको ऊर्जा क्षेत्रको मर्मत सम्भारका लागि १३ मिलियन पाउन्ड (१७.१ मिलियन डलर) कोषको घोषणा गरेको छ ।

संयुक्त जी–७ को विज्ञप्तिले सुडानमा बढ्दो हिंसाको पनि निन्दा गर्दै अफ्रिकी राष्ट्रको सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको द्वन्द्वले ठूलो मानवीय संकट निम्त्याएको बताएको छ ।

अप्रिल २०२३ देखि, सुडानको सेना र आरएसएफ बीचको युद्धले दशौं हजारको ज्यान लिनुका साथै लगभग एक करोड २० लाखलाई विस्थापित गरेको जनाइएको छ ।

आरएसएफले पश्चिमी दारफुरको सेनाको गढ एल–फासेर कब्जा गरेको दुई हप्तापछि जी–७ बैठक भएको हो । त्यसपछि सामूहिक हत्याको खबर बाहिर आएको छ ।

जी–७ ले दुवै पक्षलाई ‘तनाव कम गर्न, तत्काल  स्थायी युद्धविरामका लागि प्रतिबद्ध भई मानवीय सहायताको लागि द्रुत र निर्बाध मार्ग सुनिश्चित गर्न’ आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  २ : ५४ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको