पार्टीको महाधिवेशन गरेर विवादहरूको समाधान खोज्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे « Khabarhub

पार्टीको महाधिवेशन गरेर विवादहरूको समाधान खोज्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीको नियमित महाधिवेशन गरेर सबै विवादहरूको समाधान खोज्नुपर्ने बताएका छन्। बिहीबार केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै उनले नियमित महाधिवेशन नै सबैको साझा मिलनबिन्दु हुनुपर्ने बताएका हुन्। 

उनले निर्वाचन हुने अवस्थामा निर्वाचनको र निर्वाचन नभए आन्दोलनको तयारी गर्नुपर्ने पनि बाए।   

‘नियमित महाधिवेशनबाटै हामी जानुपर्छ। नियमित महाधिवेशन नै हो। नियमित महाधिवेशन नै सबैको एउटा मिलन बिन्दु हुनुपर्छ,’ उनले भने, ‘निर्वाचन भयो भने निर्वाचनको तयारी हामीले गर्नुपर्छ । निर्वाचन हुँदैन, आन्दोलनका निम्ति हामी तयार हुनुपर्छ। समयले चाहन्छ होला कि चाहँदैन होला, मलाई थाहा छैन। तर, भोलि हामी आन्दोलनमा जाँदै गर्दा चाहेर पनि नचाहेर पनि मुद्दा संसद् पुनर्स्थापनाकै हुन्छ।’

सहमहामन्त्री आङ्देम्बेले हरेक कुराको टुंगो केन्द्रीय कार्यसमिति बैठकबाट हुनुपर्नेमा जोड दिँदै विशेष महाधिवेशनको पनि टुंगो पनि केन्द्रीय कार्यसमितिले नै लगाउनुपर्ने बताए।

‘म त के चाहन्छु भने केन्द्रीय समितिबाट हरेक कुराको टुंगो लागोस्,’ उनले भने, ‘विशेष अधिवेशन पनि केन्द्रीय समितिबाट टुंगो लागेर जाओस्। विधानमा टेकेर, वैधानिकतामाथि उभिएर। भेरिफिकेसनसम्म पुग्ने अवस्था नआओस्।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ३ : ५३ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२